सर्लाहीमा बुधबार साँझसम्म निषेधाज्ञा | Khabarhub Khabarhub

सर्लाहीमा बुधबार साँझसम्म निषेधाज्ञा


१३ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सर्लाही– जिल्ला प्रशासन कार्यालय सर्लाहीले बुधबार साँझसम्मका लागि ईश्वरपुर नगरपालिका क्षेत्रमा निषेधाज्ञा जारी गरेको छ ।

गत आइतबार भएको सवारी दुर्घटनाको विषयलाई लिएर सार्वजनिक सम्पतिको तोडफोड, आगजनीलगायतका कार्य भइरहेकाले स्थितिलाई नियन्त्रणमा दिन मंगलबार अपरान्ह ३ बजेदेखि बुधबार साँझ ७ बजेसम्मका लागि ईश्वरपुर नगरपालिकाका विभिन्न क्षेत्रमा निषेधाज्ञा जारी गरिएको प्रशासनले जानकारी दिएको छ ।

‘आइतबार राति भएको सवारी दुर्घटनासम्बन्धी विषयलाई लिएर यस जिल्लाको ईश्वरपुर नगरपालिका क्षेत्रमा भएको सार्वजनिक सम्पतिको तोडफोड, आगजनी लगायत गरिरहेको विरोध प्रदर्शनका कारण सर्वसधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमलाई मध्यनजर गर्दै मंगलबार अपरान्ह ३ बजेदेखि बुधबारसाँझ ७ बजे सम्म देहायका स्थानमा कुनै किसिमको भेला हुन, बाहिर हिडडुल गर्न तथा राजनीतिक सभा तथा गतिविधि गर्न नपाउने गरी स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (२) र (३) बमोजिम देहायको क्षेत्रहरुमा निषेधाज्ञा आदेश जारी गरिएको छ,’ प्रशासनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘आदेश उल्लघन गर्नेलाई सुरक्षामा खटिएका सुरक्षाकर्मिले नियन्त्रणमा लिई कानून बमोजिम कारबाही गरिने ब्यहोरा समेत सूचित गरिन्छ ।’

निषेधाज्ञा जारी रहने क्षेत्र

ईलाका प्रहरी कार्यालय केशरगंज सर्लाहीबाट पुर्व ईश्वरपुर नगरपालिका–४ सागरनाथ टोलसम्म र पश्चिममा ईश्वरपुर नगरपालिका–८ रामपुर टोलसम्म ।

ईलाका प्रहरी कार्यालय, केशरगंज सर्लाहीबाट उत्तर ईश्वरपुर नगरपालिका–५ सखुवनी टोलसम्म र दक्षिणमा ईश्वरपुर नगरपालिका–९ खोरिया टोलसम्म ।

प्रकाशित मिति : १३ पुस २०७८, मंगलबार  ५ : २० बजे

गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतविरुद्ध सर्वोच्चमा कांग्रेस

काठमाडौं-गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले यही आइतबार प्रदेशसभाबाट पाएको विश्वासको

भूकम्पपीडितलाई चाँडो राहत उपलब्ध गराउन मन्त्री जोशीको जोड

काठमाडौं– सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले जाजरकोट केन्द्रबिन्दु

बागमतीका मुख्यमन्त्री जम्कट्टेल अस्वस्थ, हेलिकोप्टरबाट काठमाडौं ल्याइँदै

काठमाडौं– बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल अस्वस्थ भएका छन् ।

एलओडी फेरि विश्वका उत्कृष्ट ५० क्लबभित्र

काठमाडौं- ठमेलस्थित एलओडी क्लब (नाइट क्लब) फेरि विश्वकै उत्कृष्ट क्लबमध्ये

संसदीय दलमा रविको ब्रिफिङ : मलाई घेरेर कांग्रेसले सत्ता गठबन्धन फुटाउन खोज्यो

काठमाडौं- सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदीय