ट्युशन कक्षामै विद्यार्थीलाई मोडर्ना खोप | Khabarhub Khabarhub

ट्युशन कक्षामै विद्यार्थीलाई मोडर्ना खोप


१४ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला – चिसो बढेसँगै विद्यालय बन्द भएपछि हिमाली जिल्लाका बालबालिकालाई मोडर्ना खोप दिन समस्या भएको छ । चिसोमा हिउँदे बिदाका कारण विद्यालय बन्द हुने भएकाले बालबालिकालाई खोप लगाउन समस्या भएको हो ।

विद्यालयमा बालबालिका नभेटिने भएपछि स्वास्थ्यकर्मी ट्युशन कक्षामै पुगेर उनीहरुलाई मोडर्ना खोप दिन व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले जानकारी दिए । ‘जुम्लामा १८ वर्षमुनिका बालबालिकाका लागि १३ हजार मोडर्ना खोप आएको छ’, उनले भने, ‘आजका दिनसम्म सात हजार बालबालिकालाई खोप लगाइसकिएको छ ।’

मङ्गलबार जुम्लाको हिमा गाउँपालिकाको महावैपातरखोला विद्यालयमा पुगेर बालबालिकाका खोपको अवस्था बुझेर फर्केको जानकारी दिँदै उनले चिसो बढेसँगै हिजोदेखि हिमपात भइरहेकाले स्वास्थ्यकर्मीलाई खोप लगाउन सकस भएको बताए ।

प्रजिअ प्रसाईँका अनुसार आज पनि जुम्लामा हिमपात भइरहेकाले स्थानीयवासीलाई यहाँका विभिन्न चोक–चोकमा दाउरा जगेडा गरेर आगो बाल्न लगाइएको र न्यानो कपडा लगाउन सुझाइएको छ । हिमपातका कारण सरकारी कार्यालयको कामकाज प्रभावित भएको छ ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ११ : ३३ बजे

प्रदीप पौडेलको एक वर्ष- स्वास्थ्य क्षेत्र सुधारमा सक्रियता

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले एक वर्षमा आफूले

विद्या भण्डारीबारे ओली- राष्ट्रपति भइसकेको व्यक्ति राजनीतिमा फर्किन खोज्नु गम्भीर विषय

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले

ओलीसँग चर्काचर्कीपछि कर्ण थापा भन्छन्- आजीवन पद र नेतृत्वको मनोमानी स्वीकार्य छैन

काठमाडौं– नेकपा एमालेका स्थायी कमिटी सदस्य कर्णबहादुर थापाले पार्टीमा आजीवन

एमाले पोलिटब्युरोमा पेश गरियो पार्टीको विधान संशोधन प्रस्ताव

काठमाडौं- नेकपा एमालेको पोलिटब्युरो बैठकमा पार्टीको विधान संशोधन प्रस्ताव पेश