ट्युशन कक्षामै विद्यार्थीलाई मोडर्ना खोप « Khabarhub

ट्युशन कक्षामै विद्यार्थीलाई मोडर्ना खोप


१४ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जुम्ला – चिसो बढेसँगै विद्यालय बन्द भएपछि हिमाली जिल्लाका बालबालिकालाई मोडर्ना खोप दिन समस्या भएको छ । चिसोमा हिउँदे बिदाका कारण विद्यालय बन्द हुने भएकाले बालबालिकालाई खोप लगाउन समस्या भएको हो ।

विद्यालयमा बालबालिका नभेटिने भएपछि स्वास्थ्यकर्मी ट्युशन कक्षामै पुगेर उनीहरुलाई मोडर्ना खोप दिन व्यवस्था मिलाइएको प्रमुख जिल्ला अधिकारी विजयाकुमारी प्रसाईँले जानकारी दिए । ‘जुम्लामा १८ वर्षमुनिका बालबालिकाका लागि १३ हजार मोडर्ना खोप आएको छ’, उनले भने, ‘आजका दिनसम्म सात हजार बालबालिकालाई खोप लगाइसकिएको छ ।’

मङ्गलबार जुम्लाको हिमा गाउँपालिकाको महावैपातरखोला विद्यालयमा पुगेर बालबालिकाका खोपको अवस्था बुझेर फर्केको जानकारी दिँदै उनले चिसो बढेसँगै हिजोदेखि हिमपात भइरहेकाले स्वास्थ्यकर्मीलाई खोप लगाउन सकस भएको बताए ।

प्रजिअ प्रसाईँका अनुसार आज पनि जुम्लामा हिमपात भइरहेकाले स्थानीयवासीलाई यहाँका विभिन्न चोक–चोकमा दाउरा जगेडा गरेर आगो बाल्न लगाइएको र न्यानो कपडा लगाउन सुझाइएको छ । हिमपातका कारण सरकारी कार्यालयको कामकाज प्रभावित भएको छ ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  ११ : ३३ बजे

प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक

देशभर ५० प्रतिशत धान रोपाइँ सम्पन्न

ललितपुर– देशभर हालसम्म करिब ५० प्रतिशत धान रोपाइँ सम्पन्न भएको

फ्रान्सका प्रशिक्षकले पद छाड्ने, जिदान नयाँ प्रशिक्षक बन्ने

काठमाडौँ – फ्रान्सेली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक डिडेर डेसच्याम्प्सले

बाढीले क्षति गरेपछि रेलेखोला जलविद्युत् आयोजना बन्द

म्याग्दी– म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङस्थित ६ मेगावाट क्षमताको रेलेखोला जलविद्युत्

एमबाप्पेलाई अझै बाँकी छ कीर्तिमानको अवसर

काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा बलियो दाबेदार मानिएको