एकैपटक ११ कर्मचारीको सरुवा भएपछि गाउँपालिकाले दिने सेवा प्रभावित « Khabarhub

एकैपटक ११ कर्मचारीको सरुवा भएपछि गाउँपालिकाले दिने सेवा प्रभावित


१४ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिकाका एकैपटक ११ जना कर्मचारीहरूको सरुवा हुँदा पालिकाले दिने सेवा प्रभावित भएको छ ।

संघीय सरकारले स्थानीय तहका कर्मचारीको सरुवा खुला गरेपछि दोगडाकेदार गाउँपालिकाका ११ जना कर्मचारीको सरुवा भएको हो ।

गाउँपालिकामा कार्यरत एकजना इन्जिनियर, दुईजना ओभरसियर तथा एकजना सवओभरसियर, पाँचजना वडा सचिव, एकजना आइटी अफिसर र एकजना आन्तरिक लेखा परीक्षकको सरुवा भएको गाउँपालिकाले जनाएको छ ।

कर्मचारीहरूको अन्यत्रै सरुवा भएपछि नियमित काम चलाउन मुक्सिल भएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए ।

‘बैतडी जिल्लाका पालिकाहरूमध्ये पहिलो पटक कर्मचारी भर्ना गर्ने हाम्रो पालिका हो । हालसम्म सरुवा रोकेकाले कर्मचारीको अभाव थिएन् । तर अहिले संघीय सरकारले नयाँ नीति ल्याउँदा कर्मचारीहरूको सरुवा भयो । अहिले हामीलाई काम गर्न निकै असहज भएको छ,’  उनले भने ।

केही पदमा करारका कर्मचारी भर्ना गर्न सकिने भए पनि इन्जिनियर र वडा सचिवहरूको पदपूर्तिमा समस्या हुने अध्यक्ष कार्कीले बताए । नयाँ भर्ना गरेकामध्ये तीनजनाबाहेक सबै कर्मचारी सरुवा भएको उनले बताए ।

दोगडाकेदार गाउँपालिकाका आठ वडामध्ये वडा नम्बर १ बाहेकका सबै वडा सचिवविहीन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रबहादुर धामीले बताए ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  २ : ०२ बजे

भोटेकोशी बाढीबाट साढे सात हजार घरधुरी प्रभावित

काठमाडाैं – यही भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा

भोटेकोशी बाढी : रसुवागढी हाइड्रोको छैठौँ तलामा पुग्यो उद्धार टोली, लेदो पन्छाएर खोजी जारी

काठमाडौं – भोटेकोशी बाढीका कारण रसुवा र नुवाकोटका विभिन्न जलविद्युत्

भोटेकोशी हिमबाढी : १५५ नेपाली स्वदेश फर्किए, ५ हजार अझै बेपत्ता

काठमाडाैं – भदौ १० गते नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको भोटेकोशी

युक्रेनविरूद्धको आक्रमण तीन दिनसम्म रोक्न राष्ट्रपति पुटिनको निर्देशन

किएभ – रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले आगामी तीन दिनसम्म किएभमाथि

टिमुरेस्थित नेपाल–चीन सीमामा राष्ट्रिय झण्डा पुनःस्थापित गरियो

काठमाडौं – रसुवाको टिमुरेस्थित नेपाल–चीन सीमा नाकामा नेपालको राष्ट्रिय झण्डा