एकैपटक ११ कर्मचारीको सरुवा भएपछि गाउँपालिकाले दिने सेवा प्रभावित | Khabarhub Khabarhub

एकैपटक ११ कर्मचारीको सरुवा भएपछि गाउँपालिकाले दिने सेवा प्रभावित


१४ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- बैतडीको दोगडाकेदार गाउँपालिकाका एकैपटक ११ जना कर्मचारीहरूको सरुवा हुँदा पालिकाले दिने सेवा प्रभावित भएको छ ।

संघीय सरकारले स्थानीय तहका कर्मचारीको सरुवा खुला गरेपछि दोगडाकेदार गाउँपालिकाका ११ जना कर्मचारीको सरुवा भएको हो ।

गाउँपालिकामा कार्यरत एकजना इन्जिनियर, दुईजना ओभरसियर तथा एकजना सवओभरसियर, पाँचजना वडा सचिव, एकजना आइटी अफिसर र एकजना आन्तरिक लेखा परीक्षकको सरुवा भएको गाउँपालिकाले जनाएको छ ।

कर्मचारीहरूको अन्यत्रै सरुवा भएपछि नियमित काम चलाउन मुक्सिल भएको गाउँपालिका अध्यक्ष चक्र कार्कीले बताए ।

‘बैतडी जिल्लाका पालिकाहरूमध्ये पहिलो पटक कर्मचारी भर्ना गर्ने हाम्रो पालिका हो । हालसम्म सरुवा रोकेकाले कर्मचारीको अभाव थिएन् । तर अहिले संघीय सरकारले नयाँ नीति ल्याउँदा कर्मचारीहरूको सरुवा भयो । अहिले हामीलाई काम गर्न निकै असहज भएको छ,’  उनले भने ।

केही पदमा करारका कर्मचारी भर्ना गर्न सकिने भए पनि इन्जिनियर र वडा सचिवहरूको पदपूर्तिमा समस्या हुने अध्यक्ष कार्कीले बताए । नयाँ भर्ना गरेकामध्ये तीनजनाबाहेक सबै कर्मचारी सरुवा भएको उनले बताए ।

दोगडाकेदार गाउँपालिकाका आठ वडामध्ये वडा नम्बर १ बाहेकका सबै वडा सचिवविहीन भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रवीन्द्रबहादुर धामीले बताए ।

प्रकाशित मिति : १४ पुस २०७८, बुधबार  २ : ०२ बजे

एमाले पोलिटब्युरो बैठक : उपाध्यक्षको प्रतिवेदनमा छलफल जारी

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को पोलिटब्युरो बैठक पार्टी अध्यक्ष

पार्टीका नेता–कार्यकर्ताले सभापतिका रूपमा हेर्न चाहनुभएको छ : प्रकाशमान सिंह

काठमाडौं– उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंह काठमाडौँ निर्वाचन क्षेत्र

मधेसको चार सय ४२ हेक्टर वन अतिक्रमण मुक्त

जनकपुरधाम– मधेस प्रदेशको वन निर्देशनालयले आर्थिक वर्ष २०८१-८२ मा लामो

यात्रुबाहक बस दुर्घटना हुँदा २३ जना घाइते

काभ्रे– काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–८ मा पर्ने पौवास्थित भित्री सडकखण्डमा यात्रुबाहक

पाटन दरबार स्क्वायर क्षेत्रमा ‘कोरा साइकल च्यालेन्ज’

काठमाडौं – आज पाटन दरबार स्क्वायर क्षेत्रमा ‘कोरा साइकल च्यालेन्ज’