‘जर्सी’काे पारिश्रमिक घटाउने शाहिदको घोषणा « Khabarhub

‘जर्सी’काे पारिश्रमिक घटाउने शाहिदको घोषणा


१५ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई(दैनिक भास्कर)– फिल्म ‘जर्सी’ रिलिज हुनु तीन दिन अघि फिल्मका अभिनेता शाहिद कपुरले फिल्मबाट लिने पारिश्रमिक घटाएका छन् । ओमिक्रोनको संक्रमण बढ्दै जाँदा दिल्लीका थिएटर बन्द भएपछि निर्माताले डिजिटल पार्टनर नेटफ्लिक्ससँग छलफल गरेको थियो । फिल्मलाई ओटीटीमा रिलिज गर्ने सहमति भइरहँदा शाहिदले निर्मातलाई फोन गरेर फिल्म थिएटरमा रिलिज गर्नु महत्वपूर्ण रहेको बताएका थिए ।

छलफलमा निर्माताले फिल्मको लगानी उठाउन गाह्रो हुने बताइरहँदा शाहिदले आफूले पारिश्रमिकमा केही कटौती गर्ने बताएका थिए । शाहिदले फिल्मका लागि ३१ करोड पारिश्रमिक लिएका थिए । अहिले उनी यो पारिश्रमिकमा केही कटौती गर्न सहमत भएका छन् ।

‘यदि बजेटमा पाँच करोडको असर पर्छ भने म आफ्नो पारिश्रमिकमा पाँच करोड घटाइदिन्छु । बजेटमा १० करोड कम गर्नुपर्ने देखिएमा म १० करोड नै कम पारिश्रमिक लिन्छु’, शाहिदले भनेका छन् । उनले फिल्मलाई दर्शकले मनपराउने भएकाले यसको ढिलाइका लागि आफू तयारी अवस्थामा रहेको खुलाए ।

अल्लू अरविन्दको फिल्म ‘जर्सी’ को निर्देशन राष्ट्रिय पुरस्कार विजेता फिल्म निर्माता गौतम तिन्ननुरीले गरेका हुन् ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहीबार  ११ : २८ बजे

कीर्तिपुरको होल्डिङ सेन्टरबाट एक जना पक्राउ

काठमाडौं- सुकुम्वासीलाई राखिएको कीर्तिपुरस्थित होल्डिङ सेन्टरबाट एक जना पक्राउ परेका

झलनाथको टिप्पणी- पार्टी विभाजन गरेर नयाँ खोल्न लागेको भन्दै कुप्रचार गरियो

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले पार्टी

विश्वकपमा तन्त्रमन्त्रको घमासान : पेरुका झाँक्रीले फुकाए घानाका झाँक्रीको ‘श्राप’

काठमाडौं- अमेरिका, क्यानडा र मेक्सिकोमा जारी सन् २०२६ को फिफा

नेतृत्वको कमजोरीले कम्युनिष्ट आन्दोलन कमजोर बन्यो : जनार्दन शर्मा

काठमाडौं- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का नेता जनार्दन शर्माले नेतृत्व तहमा

चितवनका विद्यार्थी धान रोप्न सिक्दै

काठमाडौं– आज असार १५, राष्ट्रिय धान दिवस । देशभर किसान