भेरी अस्पतालको क्वाटरमा एकै परिवारका चार जनाको मृत्यु, तीन जना बेहोस « Khabarhub

भेरी अस्पतालको क्वाटरमा एकै परिवारका चार जनाको मृत्यु, तीन जना बेहोस


१५ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत – बाँकेको नेपालगञ्जस्थित कर्णाली प्रदेशको खरिद तथा आपूर्ति शाखा मेडिकल स्टोरको क्वार्टरमा निसास्सिएर चार जनाको मृत्यु भएको छ।

नेपालगञ्ज उपमहानगरपालिका-१० मा रहेको भेरी अस्पतालमा कार्यरत कार्यालय सहयोगीका रुपमा काम गर्दै आएका कालिकोट खाँडाचक्र नगरपालिका-६ का २४ वर्षीय धनप्रसाद भट्टराईसहित चार जना स्टोरको क्वार्टरमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

भट्टराईको सात जनाको परिवार सुतेको थियो । सुतेकै ठाउँमा चार जना मृत भेटिएसँगै अन्य तीन जना बेहोस रहेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ। बुधबार राति खाना खाएर सुतेका सातमध्ये चारजना मृत भेटिएका हुन् भने बेहोस रहेका तीन जनाको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

२३ वर्षीय धनप्रसाद भट्टराई, उनका तीन महिने छोरा इप्सन भट्टराई, ४५ वर्षीया आमा कोपिला भट्टराई र २१ वर्षीय बहिनी नन्दकली भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

सँगै सुतेकी धनप्रसादी २४ वर्षीया श्रीमती सुशीला भट्टराई, जेठो छोरा तीन वर्षीय दिवस भट्टराई र १८ वर्षीय भाइ नरेन्द्र भट्टराई भने बेहोस अवस्थामा भेटिएपछि उनीहरुलाई भेरी अस्पताल लगिएको एसपी श्यामकृष्ण अधिकारीले बताए ।

बुधबार देशभर वर्षा हुँदा चिसो बढेको थियो । राति कोइला बालेर सुतेकोले निसास्सिएर मृत्यु भएको हुन सक्ने एसपी अधिकारीले बताए ।

प्रकाशित मिति : १५ पुस २०७८, बिहीबार  ११ : २५ बजे

सिंहदरबार छिर्न नपाएपछि जेन-जी समूहले हुलाकमार्फत प्रधानमन्त्रीलाई पठाए मागपत्र

काठमाडौं– जेन-जी संयुक्त समूहले दिल्लीबजारस्थित हुलाक कार्यालयमार्फत प्रधानमन्त्री सुशीला कार्कीलाई

राप्ती र नारायणी नदीमा घडियाल गणना तथा अनुगमन सुरु

चितवन– राप्ती र नारायणी नदीमा घडियाल गोही गणना तथा अनुगमन

कुलमानदेखि मिराजसम्म गालीगलौजमा, विज्ञको सुझाव– प्रश्न गर्न नछाडौं

काठमाडौं- पार्टी चलाउन विचार, उद्देश्य र वस्तुपरक योजना चाहिन्छ ।

सुरेन्द्र पाण्डे भन्छन् – केही व्यक्तिका कारण एमाले जनताबाट टाढियो, नयाँ पुस्ताले चासो दिनै छाडे 

काठमाडौं- नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले पार्टीलाई केही व्यक्तिको निर्णयमा

भियतनाममा हवाई यात्रु सङ्ख्या ११.४ प्रतिशतले बढ्यो 

एजेन्सी– भियतनाम नागरिक उड्डयन प्राधिकरण अनुसार, सन् २०२५ मा देशभरका