भारतीय पक्षको पाइलट च्यानलले नेपाली गाउँ डुबानमा « Khabarhub

भारतीय पक्षको पाइलट च्यानलले नेपाली गाउँ डुबानमा


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- भारतीय पक्षले पाइलट च्यानल खोल्दा सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका एक वडाका बासिन्दा बस्तीमै थुनिएका छन्। नेपाल-भारत कोसी-सम्झौता १९५४ को मर्म र भावनाविपरीत कोसी परियोजनाका भारतीय अधिकारीले बिनासूचना पानी छाडेको स्थानीयले बताएको अन्नपूर्ण पोस्टमा खबर छ ।

परियोजनाअन्तर्गतका बाँध नियन्त्रण एवं जल निस्सरण कार्यालय वीरपुरले सम्झौताविपरीत नेपाली भूभागमा बिनाजानकारी खनेको पाइलट च्यानलमा पानी छाड्डा सप्तरी हनुमाननगर कंकालिनी नगरपालिका-१३, गोवरगाढाको बस्तीमा स्थानीय थुनिएका हुन्।

कोसीको प्राकृतिक बहाव भारत विहार लोकहा पुनर्वासस्थित स्पर नम्बर २०-५० मा पुगेका बेला परियोजनाका भारतीय अधिकारीले नेपाली पक्षलाई जानकारी नदिई पाइलट च्यानल खनेर पानी छाडेका हुन्। एकतर्फी रूपमा बनाएको पाइलट च्यानलमा बिनाजानकारी पानी छाडिएपछि सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका-१३ गोबरगाढाका ९० परिवार बस्तीमै थुनिएका छन्।

सोही नगरपालिका-१३ का वडाध्यक्ष विन्देश्वर यादवले अचानक पानी छाड्डा गाउँभन्दा बाहिर जान सक्ने अवस्था नरहेको बताए। ‘समान्य रूपमा पानी बगिरहेकाले डुंगा राखेर आवतजावत भइरहेको थियो, ‘उनले भने, ‘अचानक पानी छाड्डा डुंगासमेत बगाएर लगेको छ, अहिले गाउँमा कुनै समस्या भए अकालमै ज्यान पनि जान सक्छ।’

आर्थिक सर्वेक्षणमा स्रोतको खाडल उच्च शीर्षकमा पत्रिकाले अर्को समाचार छापेको छ । लगानी र बचतको अन्तर फराकिलो हुँदै जाँदा सरकार र निजी क्षेत्रलाई ऋण परिचालनको दबाब बढेको छ। पछिल्ला वर्षमा राष्ट्रिय बचत केही बढे पनि उच्च आर्थिक वृद्धिको लक्ष्य हासिल गर्न स्रोत व्यवस्थापनमा कठिन देखिएको हो।

आर्थिक सर्वेक्षण २०७५/७६ अनुसार कुल राष्ट्रिय बचत १८ खर्ब १४ अर्ब रुपैयाँ र लगानी २१ खर्ब ५७ अर्ब रुपैयाँ पुग्ने अनुमान छ। बचतको तुलनामा लगानी बढ्दा त्यसलाई पूर्ति गर्न ऋण परिचालन गर्ने, व्यापार/व्यवसायले स्टक बिक्री गर्ने, वैदेशिक लगानी भित्र्याउने विकल्प हुन्छन्। सरकारले आन्तरिक र वैदेशिक ऋणमार्फत लगानीको खाडललाई पूर्ति गर्छ भने निजी क्षेत्रका लागि बैंक तथा वित्तीय संस्थाको ऋण परिचालन, स्टक बिक्री र बाह्य लगानी भित्र्याउनु आवश्यक हुन्छ।

‘उच्च आर्थिक वृद्धि हासिल गर्न आवश्यक स्रोत व्यवस्थापनका लागि ऋण परिचालन र वैदेशिक लगानी भित्र्याउन आवश्यक हुन्छ,’ अर्थशास्त्री केशव आचार्यले भने।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ७ : ०२ बजे

ईश्वरी भुजेल हत्या प्रकरण : ‘नेपाली ब्रो’लाई थप ५ दिन हिरासत अनुमति

काठमाडौं – ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापालाई पत्नी हत्या

गृहमन्त्री सुधन गुरुङले गरे कालभैरवको दर्शन (तस्बिरहरू)

काठमाडौं – दोश्रो पटक गृहमन्त्रीमा नियुक्त भएका मन्त्री सुधन गुरुङले

परराष्ट्रमन्त्री खनाल चीन भ्रमणमा जाने

काठमाडौं – परराष्ट्रमन्त्री शिशिर खनालले उत्तरी छिमेकी चीनको भ्रमण गर्ने

भारतबाट ५० हजार टन मल ल्याउने प्रक्रिया अन्तिम चरणमा

काठमाडौं – भारतले नेपाललाई रासायनिक मल आपूर्ति गर्ने प्रक्रिया अघि

काठमाडौंको कपन क्षेत्रमा भारी वर्षा

काठमाडौं – पछिल्ला केही दिनदेखि मौसममा आएको बदलीसँगै आज काठमाडौँसहित