‘नाचौं नाचौं’ लिएर आइन् सम्झना « Khabarhub

‘नाचौं नाचौं’ लिएर आइन् सम्झना


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकामा बसेर नेपाली गीत गायनमा सक्रिय गायिका सम्झना पाण्डेको गीत ‘नाचौं नाचाौं’ सार्वजनिक भएको छ । काठमाडौं बिहीबार आयोजित एक कार्यक्रममा कलाकार मदनकृष्ण श्रेष्ठले गीत सार्वजनिक गरे ।

डान्सिङ नम्बरको गीतमा गायिका सम्झनालाई गायक राजनराज शिवाकोटीले स्वरमा साथ दिएका छन् । गीतमा राजनराजकै शब्द तथा संगीत र राजन इसानको संगीत संयोजन छ ।

राहुल शाहको कोरियोग्राफी तथा निर्देशन रहेको भिडियोमा गम्भीर विस्ट,सम्झना पाण्डे, राहुल शाह, साइलेश विस्ट र कविता न्यौपाने फिचर्ड छन् । भिडियोमा हरी हुमागाईंको छायांकन, सुप्रिम पराजुलीको सम्पादन छ । भिडियो सम्झना पाण्डेको अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

पाण्डेको यसअघि चारवटा गीत सार्वजनिक भइसकेका छन् । कार्यक्रममा सम्झनाको अर्को गीतको भिडियो पनि देखाइइएको थियो । अनुप चापागाईको निर्देशनमा बनेको भिडियोमा सम्झना पाण्डे र शिशिर भण्डारी फिचर्ड छन् । भिडियोमा बुद्ध थापाको छायांकन, विकास दाहालको सम्पादन र केविका खत्रीको कोरियोग्राफी रहेको छ ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ११ : ३९ बजे

फ्रान्सलाई सजिलोसँग हराउँदै स्पेन विश्वकपको फाइनलमा

काठमाडौं-स्पेन फिफा विश्वकपको पहिलो सेमिफाइनलमा फ्रान्सलाई २-० ले पराजित गर्दै

विभिन्न अस्पताल र बोर्डका लागि अन्तर्वार्ताका लागि छनोट भएकाको सूची सार्वजनिक

काठमाडौँ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले विभिन्न सार्वजनिक निकायका

उच्च जोखिममा खटिने सशस्त्र प्रहरीलाई प्रोत्साहन भत्ता दिइने

काठमाडौँ । नेपाल सरकार मन्त्रिपरिषद्को असार ३० गतेको निर्णयले सशस्त्र

किन भयो प्रतिनिधिसभा बैठकको समय परिवर्तन ?

काठमाडौं । प्रतिनिधिसभाको बुधबार बिहान बोलाइएको बैठकको समय परिवर्तन गरिएको

पूर्वसचिव जोशीको निधन

काठमाडौँ । सहरी योजनाकार तथा नेपाल सरकारका पूर्वसचिव डा जीवगर