आफ्नै टाउकोमा आगो लगाएर हिँड्न तयार छौं : प्रचण्ड « Khabarhub

आफ्नै टाउकोमा आगो लगाएर हिँड्न तयार छौं : प्रचण्ड


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत बन्दसत्र जारी छ । महाधिवेशनको छैटौं दिन शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूले प्रस्तुत गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको जवाफ दिइरहेका छन् ।

यसक्रममा प्रचण्डले आफूमाथि विभिन्न प्रश्न उठेको भन्दै पार्टीका लागि जस्तोसुकै त्याग गर्न तयार रहेको उदघोष गरे ।

‘कतिपयले प्रचण्ड फेरि झुपडीमा जान सक्ला त ? चिल्लो गाडी छोड्न सक्ला त ? काठमाडौँको रमझम छोड्न सक्लान् त ? भनेर पनि भन्ने गर्छन्,’ प्रतिनिधिमाझ प्रचण्डले भने, ‘तर म के भन्न चाहन्छु भने जरुरी पर्दा मलाई गाउँघरमा जान, उनीहरुसँगै बस्न, मजदुरसँग खान, जनतामाझ गएर बस्न कुनै गाह्रो छैन । यो पार्टीलाई क्रान्तिकारी बनाउन, जस्तासुकै त्याग, कष्ट र बलिदान गर्न तयार छु । म यो अन्तिम अवसर गुम्न दिन्न ।’

आफूलाई कतिपयले अस्थिर भनेपछि आफू गतिशीलताको यात्रामा रहेको र आजको परिवर्तन त्यसकै उपज भएको उनको दाबी छ ।

‘हाम्रो यात्रामा म सुधारवाद देख्दिनँ । यसमा म छलाङ र गतिशीलतामा देख्छु । कतिपयले अराजकता या अस्थिरतावादी पनि भन्छन् । तर २०४५ सालमा सानो समूहबाट सुुरु गरेर २०५२ सालमा जनयुद्ध सुुरु गरेर शान्तिप्रक्रिया हुँदै गणतन्त्रको स्थापना, संविधानको निर्माण गरेर आजको अवस्थासम्म पुग्नु गतिशीलता हो कि अस्थिरता हो ? त्यसैले यो गतिशीलतामा जरुरी पर्दा आफ्नै टाउकोमा आगो लगाएर हिंड्न हामी तयार छौं । हामी अहिले पनि एउटा छलाङ हान्न खोजिरहेका छौं,’ उनले भने ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ४ : ०३ बजे

‘प्रधानमन्त्री पद मासुको टुक्रा बनाउनु हुँदैन’

काठमाडौं – नेपाली युवा राजनीतिज्ञ सागर ढकालले प्रधानमन्त्री पदलाई मासुको

आगलागीबाट दुई जना घाइते, तीन घरमा क्षति

अदानचुली– सर्केगाड गाउँपालिका–२ मा आगलागी हुँदा जलेर दुई जना घाइते

ज्येष्ठ नागरिक बोझ होइन, बोध हुन् : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले ज्येष्ठ नागरिकलाई ‘बोझ’ होइन, ‘बोध’को स्रोतका

देशभर पश्चिमी वायुको आंशिक प्रभाव

 काठमाडौं– देशभर हाल पश्चिमी वायुको आंशिक प्रभाव देखिएको छ। मौसम पूर्वानुमान

मुस्ताङ भन्सारबाट एघार अर्बको समान निकासी पैठारी

मुस्ताङ– कोरला नाकास्थित मुस्ताङ भन्सार कार्यालयबाट ११ अर्ब एक करोड