एमसीसीबारे प्रचण्डको जवाफ– धेरै बोल्दा देश खतरातर्फ जान्छ « Khabarhub

एमसीसीबारे प्रचण्डको जवाफ– धेरै बोल्दा देश खतरातर्फ जान्छ


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीका महाधिवेशन प्रतिनिधिसामु मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) बारे स्पष्ट जवाफ दिएनन् ।

गत सोमबार आफूले पेश गरेको वैचारिक तथा राजनीतिक प्रतिवेदनमाथि उठेका प्रश्नको शुक्रबार जवाफ दिने क्रममा प्रचण्डले एमसीसीबारे अस्पष्ट जवाफ दिएका हुन् । एमसीसीबारे धेरै बोल्नु उपयुक्त नहुने भन्दै उनले एमसीसी पार लगाउनुपर्ने बताए ।

‘एमसीसीको बारेमा धेरै बोल्दा देश खतरातर्फ जाने सम्भावना भएको हुँदा धेरै बोल्नु परेन । सारमा जे प्रतिवेदनमा छ त्यही रुपमा बुझ्नुहोला । पार लगाइन्छ,’ उनले भने ।

एमसीसी पार लगाउने भन्ने प्रचण्डको जवाफको आशय पारित गर्ने वा खारेज गर्ने हो भन्ने स्पष्ट हुन नसकेको महाधिवेशन प्रतिनिधिहरू बताउँछन् ।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ५ : १० बजे

काठमाडौंमा सुरु भयो ‘हाम्रो प्रहरी’ अभियान

काठमाडौं – जिल्ला प्रहरी परिसर काठमाडौँले प्रहरी र समुदायबीचको सम्बन्धलाई

निर्वाचन ६६ दिन बाँकी : उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार

आज २०८२ साल पुस १४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार