प्रदेशहरुबीच एकताको आवश्यकता छ : प्रधानमन्त्री देउवा (भिडियो) « Khabarhub

प्रदेशहरुबीच एकताको आवश्यकता छ : प्रधानमन्त्री देउवा (भिडियो)


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा राष्ट्रिय एकता आवश्यक रहेको बताएका छन्।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा शुक्रबार काठमाडौँको सुन्दरीजलस्थित बीपी संग्रहालयमा आयोजित कार्यक्रममा देउवाले अहिले संघीय संरचना अवलम्बन गरेकोभन्दै सात प्रदेशबीच एकता आवश्यक भएको बताका हुन्।

उनले अहिलेको मेलमिलाप भनेको सात प्रदेशबीचको एकता भएको जिकिर गरे । नेपाल संघीय राज्य सञ्चालन प्रणालीमा गएको तथा देशले समावेशी सहभागिताको मर्म आत्मासाथ गरेको उनको भनाइ छ । उनले संघीयताका बारेमा मानिसमा अझै पनि संशय पैदा भएकाले मुलुकुलाई एकतावद्ध गर्न कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्ने धारणा राखे।

कार्यक्रममा प्रधानमन्त्री देउवाले संग्र्रहालयमा रहेको बीपी, गणेशमानलगायत नेताको शालिकमा माल्यार्पण गरेका थिए।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ५ : २९ बजे

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी

अमरेशको दाबी : बालेन, कुलमान र रवि एक ठाउँमा आउँछन्

काठमाडौं- पूर्वसांसद डा. अमरेशकुमार सिंहले रवि लामिछाने बालेन्द्र साह र