प्रदेशहरुबीच एकताको आवश्यकता छ : प्रधानमन्त्री देउवा (भिडियो) « Khabarhub

प्रदेशहरुबीच एकताको आवश्यकता छ : प्रधानमन्त्री देउवा (भिडियो)


१६ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा राष्ट्रिय एकता आवश्यक रहेको बताएका छन्।

राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा शुक्रबार काठमाडौँको सुन्दरीजलस्थित बीपी संग्रहालयमा आयोजित कार्यक्रममा देउवाले अहिले संघीय संरचना अवलम्बन गरेकोभन्दै सात प्रदेशबीच एकता आवश्यक भएको बताका हुन्।

उनले अहिलेको मेलमिलाप भनेको सात प्रदेशबीचको एकता भएको जिकिर गरे । नेपाल संघीय राज्य सञ्चालन प्रणालीमा गएको तथा देशले समावेशी सहभागिताको मर्म आत्मासाथ गरेको उनको भनाइ छ । उनले संघीयताका बारेमा मानिसमा अझै पनि संशय पैदा भएकाले मुलुकुलाई एकतावद्ध गर्न कांग्रेसले नेतृत्वदायी भूमिका निर्वाह गर्ने धारणा राखे।

कार्यक्रममा प्रधानमन्त्री देउवाले संग्र्रहालयमा रहेको बीपी, गणेशमानलगायत नेताको शालिकमा माल्यार्पण गरेका थिए।

प्रकाशित मिति : १६ पुस २०७८, शुक्रबार  ५ : २९ बजे

विरगञ्जमा घरेलु मदिरासहित चार जना प्रहरी नियन्त्रणमा

वीरगञ्ज – प्रहरीले तीन हजार ५०० लिटर तयारी घरेलु मदिरासहित

समृद्धिका लागि अनुसन्धान, नवप्रवर्तन र आविष्कारलाई प्राथमिकता दिएका छौँ : मन्त्री पुन

म्याग्दी – विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले नेपालको समृद्धिका

उडानमा टर्बुलेन्स आउन सक्छ, तर गन्तव्यमा सुरक्षित पुर्‍याउँछौं : रवि लामिछाने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफ्नो

बाल्टिनको पानीमा डुबेर १८ महिनाका बालकको मृत्यु

कैलाली – कैलालीमा बाल्टिनमा डुबेर बालकको मृत्यु भएको छ ।

पशुपति क्षेत्रमा गरियो पाँचौँ हप्ताको सफाइ

काठमाडौं – आराध्यदेव भगवान् श्री पशुपतिनाथ विराजमान भएका पशुपति क्षेत्रमा