‘ओपन टेनिस’को उपाधि पोखराका प्रदीपलाई « Khabarhub

‘ओपन टेनिस’को उपाधि पोखराका प्रदीपलाई


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कास्की – पोखरामा सम्पन्न १८ औँ संस्करणको ‘माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस’ प्रतियोगिताअन्तर्गत पुरुष एकलतर्फको उपाधि पोखराका प्रदीप खड्काले जित्न सफल भएका छन् ।

कास्की जिल्ला टेनिस सङ्घको आयोजनामा यही पुस ११ गतेदेखि पोखरा रङ्गशालास्थित टेनिस कम्प्लेक्समा आयोजना गरिएको प्रतियोगिताको शुक्रबार सम्पन्न फाइनल खेलमा प्रदीपले आरभ सम्राट हाडा माथि ६–३ र ६–४ को सोझो सेटमा जित निकाल्दै खड्का नेपालको शीर्ष वरियतामा उक्लिन सफल भए । उपाधि विजेता खड्काले रु ८० हजार नगद पुरस्कार प्राप्त गरे।

गत महिना काठमाडौँमा सम्पन्न गणेशमान राष्ट्रिय टेनिस प्रतियोगितामा खड्का आरभसँग ६–३ र ६–१ अङ्कले पराजित भए । प्रतियोगितामा उपविजेता आरभले नगद रु ४० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । महिला एकलतर्फको उपाधि भने बिहीबार नेपालका शीर्ष वरियताका सलोनी तामाङले जितेका थिए ।

प्रतियोगिताअन्तर्गत ३५ वर्षमाथिको एकलतर्फको उपाधि सन्तोष खत्रीले हासिल गरे। फाइनल खेलमा सन्तोषले भीष्म गुरुङलाई ६–० र ६–१ को सहज सेटमा पराजित गरे । विजेता खत्रीले नगद रु ६० हजार तथा उपविजेता गुरुङले रु ३० हजारसहित ट्रफी र मेडल पुरस्कार पाए।

यसैगरी ४५ वर्षमाथिको एकलतर्फको उपाधि चन्द्र शाहीले चुमे । उनले विमलकुमार गुरुङलाई ६–३ र ६–२ को सोझो सेटमा पराजित गरे। विजेताले नगद रु ४० हजार र उपविजेताले नगद रु २० हजारसहित ट्रफि, मेडल पुरस्कार प्राप्त गरे । ४५ वर्षमाथिको पुरुष ‘डबल्स’मा हिमाल शाह र राजु क्षेत्रीको जोडी विजेता बन्यो ।

हिमाल जोडीले पोखराका विनोद कायस्थ र विकास गुरुङको जोडीलाई ६–२ र ६–२ को सोझो सेटमा जित निकाल्दै प्रथम स्थान हासिल गर्न सफल भएको हो । विजेताले नगद रु २० हजार तथा उपविजेताले नगद रु १० हजारसहितको पुरस्कार प्राप्त गरे ।

प्रतियोगितामा विभिन्न ११ विधामा १३० खेलाडीले उपाधिका लागि प्रतिस्पर्धा गरेको सङ्घका अध्यक्ष लोकबहादुर गुरुङले जानकारी दिएका छन्।

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ६ : ४९ बजे

‘सुनसरी गोलीकाण्डको नैतिक र राजनैतिक जिम्मेवारी लिएर गृहमन्त्रीले राजीनामा दिनुपर्छ’

काठमाडौं– जेन-जी आन्दोलनका नेता रवि किरण हमालले सुनसरीको देवानगञ्जमा आइतबार

डिजेको आवाज र धार्मिक झण्डाबाट देवानगञ्जमा तनाव, प्रजिअ भन्छन्- संवेदनशील क्षेत्रमा नहुनुपर्ने घटना भयो

काठमाडौं- सुनसरीको देवानगञ्ज गाउँपालिका-३ स्थित कप्तानगञ्ज (नयाँ हटिया क्षेत्र) मा

झापामा लगत सङ्कलनदेखि धनीपुर्जा वितरणसम्मका कार्य तीव्र

भद्रपुर– जिल्ला भूमि समस्या समाधान समिति र स्थानीय तहले सार्वजनिक र

जगेडा ग्यास नराख्न उद्योगीको आग्रह

चितवन– नेपाल एलपी ग्यास उद्योग सङ्घले उपभोक्तालाई आवश्यकताभन्दा बढी जगेडा नगर्न

न्याय माग्दै फेरि सडकमा सहकारी पीडित (तस्बिरहरू)

काठमाडौं– सहकारी पीडितहरूले आफूलाई न्याय दिनुपर्ने भन्दै काठमाडौंमा प्रदर्शन गरेका