उजुङवासीको तिर्खा मेटियो, इस्माका २८४ घरमा धारा « Khabarhub

उजुङवासीको तिर्खा मेटियो, इस्माका २८४ घरमा धारा


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गुल्मी– गुल्मीको इस्मा गाउँपालिका–१ उजुङमा खानेपानीले खुसी ल्याएको छ । उजुङवासीले लामो समयदेखि खानेपानीको चरम संकट भोगे । भू–भाग नै उच्च भएका कारण खानेपानीका मूल नजिक थिएनन् । घण्टौँ हिडेर पधेँरा र खोला पुग्थे । कैयौाका जीवन पानीको अभाव र पीडामै बिते ।

पानीकै कारण उजुङमा छोरी नदिने कथन गर्ने पाको पुस्ता अझै छन् । सोही गाउँमा अहिले खानेपानी आयोजना निर्माण भएको छ । दुन्दुरखोला–हर्पुकोट लिफ्ट खानोपानी आयोजनाको पूर्वमन्त्री तथा गुल्मी क्षेत्र नम्बर २ का सांसद गोकर्ण विष्टले उद्घाटन गरेका थिए । आयोजना उद्घाटन गर्दै नेता विष्टले सबैभन्दा पुरानो चुनावी वाचा पूरा भएकोमा खुसी व्यक्त गरे ।

उनले चुनावप्रचारका क्रममा उजुङमा गाउँका नागरिकले पिउने राखेको धमिलो पानी र महिलाले भोगको पीडाका कारण खानेपानी योजना निर्माणको पहल थालिएको बताए । ‘जमनामा खान खाएर हात धुने पानी थिएन । धमिलो पानीका लागि आमा दिदिबहिनीले शारीरिक तथा मानसिक कष्ट खेपे,’ उनले भने, ‘घर छेउमा पानी आउँदा सबैलाई विगतको दुःख कथा जस्तै भएको छ ।’ यो आयोजनामार्फत दुई सय ८४ घरमा ‘एक घर एक धारा’पुगेको छ ।

यो आयोजना ०७० सालबाट निर्माण सुरु गरिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयका कार्यालय प्रमुख अनुज उपाध्यायले जानकारी दिए । अहिलेसम्म करिब चार करोड खर्च भएको छ । नेपाल सरकारको तीन करोड १६ लाख ४१ हजार र स्थानीय तह र उपभोक्ताको जनश्रमदान ७९ लाख ३६ हजार दुई सय ६१ गरेर कुल तीन करोड ९५ लाख ७७ हजार दुई सय ६६ रुपैयाँ खर्च भएको उपाध्यायले बताए । उनले आयोजना व्यवस्थित बनाएर उपयोग गर्न उपभोक्तालाई सुझाव दिए । प्रविधिले खोलाको पानी डाँडोमा आएकाले निगरानी, सरसफाइ र मर्मतसम्भार नभए समस्या हुने भएकाले राम्रो व्यावस्थापकीय पक्षमा ध्यान दिन उपाध्यायले आग्रह गरे ।

खोलाबाट दुई स्टेपमा पानी तानेर डाँडोमा पुराइएको छ । इन्टेक एक, रिजभ्र्वार एक लाख लिटरको तीन वटा, २० हजार लिटरको दुई गरेर पाँच वटा ट्यांकी निर्माण गरिएको खानेपानी तथा सरसफाई डिभिजन कार्यालयकाका सव–ईन्जिनीयर गौरव भण्डारीले जानकारी दिए । ट्रान्समिसन लाइन १।६४ किमी, वितरण लाइन २२।८८ किमि, पम्प हाउस दुई, सबमरसिवल पम्प र प्यानेल बोर्ड दुई–दुई वटा, ट्रान्समिटर ५० केभीका दुई वटा जडान गरिएको भण्डारीले बताए ।

गाउँपालिकाले घर–घरमा पानीका मिटर वितरण गरेको छ । पानीलाई अझै सर्वसुलभ बनाउने र मर्मत तथा व्यावस्थापनमा स्थानीय तहले सहजीकरण गर्ने इस्मा गाउँपालिका प्रमुख लक्ष्मण विष्टले बताए । घरघरमा पानी पुगेपछि स्थानीय खुसी भएका छन् । स्वभाविक जीवनमा परिवर्तन आएको छ । इस्मा गाउँपालिका–१ हस्तिचौरका टीकाबहादुर कुँवरले कल्पना पनि गरेका थिएनन् । किनकी ७५ बर्षको उमेरसम्म खानेपानी बोकेर खाए । पधेँरा र खोलाका सास्ती र लडाइँ व्यहोरेर घर छेउमा पानी खस्दा जुग फेरिएको महसुस भएको कुँवरले बताए । ‘पुरै बिहान र आधा रात एक गाग्री पानीमा बित्थे । घरमै पानी खसेको देख्ने कल्पना पनि थिएन,’ उनले भने, ‘ढाड पलाएका छन्, मनहरू खुसी छन् । न्यूजकारखाना

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ४ : २९ बजे

चीनको उच्चगतिको रेल नेटवर्कले ५० हजार किलोमिटर पार गर्‍यो

एजेन्सी– जनवादी गणतन्त्र चीनको उच्च गतिको रेल नेटवर्कले शुक्रबार नयाँ

ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी (तस्बिरहरू)

काठमाडौं– ऐतिहासिक र पुरातात्वक दृष्टिले महत्त्वपूर्ण रहेको मकवानपुर गढी मकवानपुर

आमनिर्वाचन कांग्रेसको पहिलो प्राथमिकता हो : सभापति देउवा

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी आगामी फागुन

रायोको सागमा आज पनि भेटियो विषादी 

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजारमा बिक्रीका लागि राखिएको रायोको

थलापति विजयको ‘जन नायगन’ जनवरी ९ मा प्रदर्शन हुने

 काठमाडौं– दक्षिण भारतीय फिल्म उद्योगका सुपरस्टार थलापति विजयको बहुप्रतीक्षित तमिल राजनीतिक