ताप्लेजुङमा चार दिनदेखि हिउँमा फसेका बाबुछोरा सम्पर्कविहीन « Khabarhub

ताप्लेजुङमा चार दिनदेखि हिउँमा फसेका बाबुछोरा सम्पर्कविहीन


१७ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

ताप्लेजुङ– ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ पापुङमा चार दिनदेखि हिउँमा फसेका बाबुछोरा अझै सम्पर्कमा आएका छैनन् । अल्टिच्युट एयर कम्पनीको हेलिकोप्टर उनीहरूलाई उद्धार गर्न गए पनि सम्पर्कविहीन भएसँगै उद्धार हुन नसकेको हो ।

शनिबार बिहान मिक्वाखोला गाउँपालिका–५ का वडाध्यक्ष डण्डु शेर्पालाई फोनमार्फत उद्धारका लागि हेलिकप्टर पठाइदिन आग्रह गरेका थिए । सोहीअनुसार बिहान ११ बजे ताप्लेजुङको सुकेटारबाट उद्धारका लागि हेलिकोप्टर गएको र दुई घण्डा होल्ड गर्दा पनि उद्धार हुन नसकेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।

अन्दाजी ५०–५५ वर्षका लाक्पाटासी र उनहाका १४–१५ वर्षीय छोरा पासाङ शेर्पा हिउँमा फसेका हुन् । बाबुछोरा शुक्रबार मात्र टेलिफोन सम्पर्कमा आएको वडा अध्यक्ष शेर्पाले बताए । ‘चौंरीसँगै हिउँपहिरोले बगायो तर ओडार भेटेर बसेका छौँ । हामी निस्कन नसक्ने भयौं ।’ भन्दै हेलिकोप्टरबाट निकालिदिन आग्रह गरेको शेर्पाले बताए ।

सम्पर्कविहीन भएपछि अहिले हेलिकोप्टर सुकेटार विमानस्थलमा होल्ड गरी राखिएको ताप्लेजुङ प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे जानकारी दिए । पैदल र्मागमार्फत उद्धारको लागि जानेहरू पनि बाक्लो हिउँ जमेरका कारण आधा बाटोबाटै फर्केको शेर्पाले बताए । न्यूजकारखाना

प्रकाशित मिति : १७ पुस २०७८, शनिबार  ५ : १० बजे

गौरीघाट क्षेत्रलाई मौलिक स्वरुप दिइँदै

काठमाडौँ– काठमाडौँ महानगरपालिकाले गौरीघाट गुह्येश्वरी क्षेत्रमा ढुङ्गा छपाइ सुरु गरेको

फोहर बेचेर २७ लाख रुपैयाँ आम्दानी

तनहुँ– तनहुँको व्यास नगरपालिकाले फोहरजन्य वस्तु बिक्री गरेर एक वर्षमा

हुम्लाको चङ्खेलीले जुटायो बाढी पीडितलाई राहत

हुम्ला– भोटेकोशी बाढीबाट प्रभावित तथा विस्थापित नागरिकको राहत र पुनःस्थापनाका

भोटेकोशी बाढी : पोखरामा २१ शवको सनाखत

कास्की– रसुवा भोटेकोशी बाढीपछि उद्धार तथा खोजतलासका क्रममा भेटिएका र

‘स्थलगत अध्ययन नगरी पञ्चकुण्ड हिमताललाई जोखिमयुक्त भन्न मिल्दैन’

म्याग्दी- म्याग्दीका उद्धारकर्मी इन्द्रसिंह शेरचनले विसं २०६० मा पहिलोपटक अन्नपूर्ण