माओवादी केन्द्रमा २३६ जनाको केन्द्रीय समिति घोषणा (खस आर्यको सूचीसहित) « Khabarhub

माओवादी केन्द्रमा २३६ जनाको केन्द्रीय समिति घोषणा (खस आर्यको सूचीसहित)


१८ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रमा २३६ जनाको केन्द्रीय समिति घोषणा गरिएको छ।

आइतबार जारी बन्दसत्रमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केन्द्रीय समितिमा तय भएको संख्याबारे प्रतिनिधिहरुलाई सुनाएका हुन्।

‘खुला तर्फ १४५ जना हुने भए, दुइवटै जोड्दा २ सय ९९ भयो । समानुपातिकबाट १२५ जना प्रस्तुत हुँदैछन् । खुलाबाट १११ जना । यसो गर्दा २३६ जनाको केन्द्रीय समिति घोषणा हुने भयो । समानुपातिकमा फेरि सम्बोधन गर्न सकिने ठाउँ रह्यो । खुला तर्फ ३४ जना बाँकी रह्यो’, उनले भने ।

प्रचण्डले केन्द्रीय सदस्यमा सबैभन्दा पहिला समावेशी समानुपातिक अन्तर्गतको खस आर्य पुरुषतर्फको १३ जनाको नामावली प्रस्तुत गरेका छन् ।

समावेशी समानुपातिक अन्तर्गत खस आर्यतर्फका केन्द्रीय सदस्यको एक नम्बरमा नारायणप्रसाद दाहाल रहेको प्रचण्डले बताए । नारायणप्रसाद प्रचण्डका भाइ हुन् ।

समावेशी समानुपातिक अन्तर्गत खस आर्यतर्फका पुरुष केन्द्रीय सदस्यको नामावली

नारायणप्रसाद दाहाल
सूर्यराज सुवेदी
धीरेन्द्र प्रधान
नरबहादुर विष्ट
बसन्त शर्मा
केशव नेपाल
निर्मल आचार्य
जोखबहादुर महरा
तारानाथ स्वार
देवराज रेग्मी
हरिराज अधिकारी
देवेन्द्र पराजुली
अच्युतम् काफ्ले

 

प्रकाशित मिति : १८ पुस २०७८, आइतबार  ६ : ५६ बजे

काठमाडौंमा वर्ल्डकप क्रेज

काठमाडौं– सात समुद्रपारि अमेरिका, क्यानडा र मेक्सिकोमा भइरहेको फुटबल विश्वकपले

११ जिल्लामा बर्ड फ्लु : ५ लाख बढी कुखुरा नष्ट

काठामाडौँ– देशका विभिन्न ११ जिल्लामा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) संक्रमण

तातो हावाको लहर कायमै रहने सम्भावना

काठमाडौं– देशका पश्चिमी तराई क्षेत्रमा तातो हावाको लहर (हिटवेभ) को

थलथलेमा खानेपानीको समस्या हट्यो,३३ घरमा ‘एक घर, एक धारा’ जडान

भोजपुर– यहाँको थलथले खानेपानी आयोजनामार्फत ३३ घरमा ‘एक घर, एक धारा’

अवरुद्ध बेनी–जोमसोम सडक १२ घण्टापछि खुल्यो 

म्याग्दी– सडकमा थुप्रिएको ढुङ्गा पन्छाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई