कर्णालीका दुई महिला खेलाडीलाई नगद प्रोत्साहन प्रदान गरिने « Khabarhub

कर्णालीका दुई महिला खेलाडीलाई नगद प्रोत्साहन प्रदान गरिने


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत -कर्णाली प्रदेश सरकारले अन्तर्राष्ट्रिय प्रतियोगितामा विजेता उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने दुई महिला खेलाडीलाई नगद प्रोत्साहन प्रदान गर्ने भएको छ । मुख्यमन्त्री जीवनबहादुर शाही र प्रदेश खेलकूद परिषद्का पदाधिकारीबीच आइतबार बसेको समीक्षात्मक बैठकले जुम्लाकी सुनमाया बुढालाई रु दुई लाख र जाजरकोटकी कामना विष्टलाई रु ५० हजार नगद प्रोत्साहन प्रदान गर्ने निर्णय गरेको हो ।

थाइल्याण्डमा सम्पन्न एसियन अल्ट्राट्रेलरेस प्रतियोगितामा जुम्लाकी धावक सुनमायाले दुई हजार प्रतियोगीलाई पछि पार्दै महिलातर्फ प्रथम स्थान हासिल गर्नुभएको थियो भने पुलिस क्लबको प्रतिनिधित्व गर्दै जाजरकोटकी कामनाले बङ्गलादेशको ढाकामा सम्पन्न एसियन सेन्ट्रल जोन महिला भलिबलको उपाधि नेपालको पक्षमा पार्न महत्वपूर्ण भूमिका निर्वाह गरेकी थिइन् । समीक्षात्मक बैठकमा मुख्यमन्त्री शाहीले प्रतियोगिताका विजयी खेलाडीलाई टेलिफोनमार्फत बधाई दिनुका साथै प्रोत्साहनस्वरुप नगद प्रदान गर्ने घोषणा गरेका हुन् । मुख्यमन्त्री प्रदेश खेलकूद परिषद्का संरक्षकसमेत हुन् ।

परिषद्का उपाध्यक्ष प्रमोद हमालले मुख्यमन्त्रीसँग वीरेन्द्रनगरमा निर्माणाधीन प्रदेशस्तरीय रङ्गशालामा भलिबल कर्भडहल निर्माण गर्ने, रङ्गशाला निर्माण नहुञ्जेल कालिञ्चोक मैदानलाई वैकल्पिक खेल मैदानको रुपमा प्रयोगमा ल्याउने विषयमा छलफल भएको जानकारी दिए । परिषद्का सदस्य–सचिव विश्वामित्र सञ्ज्यालले प्रदेश रङ्गशाला निर्माणमा भइरहेको प्रगतिबारे मुख्यमन्त्रीलाई जानकारी गराएका थिए । मङ्सिर २० गते शिलान्यास भएको रङ्गशालाको हाल माटो परीक्षण कार्य सम्पन्न हुनुका साथै साइट घेरबार, पानीका लागि डिप बोरिङ, विद्युत् जडानको काम भइरहेको बताइएको छ ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  ७ : ०३ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै