कतारमा रहेका नेपालीलाई सामाजिक मर्यादाविपरीतका काम नगर्न दूतावासको अपिल « Khabarhub

कतारमा रहेका नेपालीलाई सामाजिक मर्यादाविपरीतका काम नगर्न दूतावासको अपिल


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कतारमा रोजगारी तथा अन्य पेशामा रहेका नेपालीलाई कतारस्थित नेपाली दूतावासले स्थानीय कानून उल्लंघन हुने गरी सार्वजनिक ठाउँमा सामाजिक मर्यादाविपरित कुनै काम नगर्न अपिल गरेको छ । दूतावासले विज्ञप्ति जारी गदै सार्वजनिक स्थलमा रक्सी खाने, रक्सी बेच्ने, हो-हल्ला तथा झगडा गर्नेजस्ता कार्यमा संलग्न नहुन नेपालीलाई आग्रह गरेको हो ।

दूतावासले विज्ञप्ति जारी गरेर कतारको कानून, धर्म, परम्परा र संस्कृति विपरीत कुनै काम नगर्न आग्रह गरेको छ । सार्वजनिक स्थानमा अनावश्यक जमघट गर्ने, झगडा गर्ने, होहल्ला गर्नेजस्ता काम नगर्न पनि विज्ञप्तिमा भनिएको छ ।

सामाजिक सञ्जालमार्फत असामाजिक तथा अनावश्यक कुरा पोष्ट नगर्न पनि दूतावासले विज्ञप्तीमार्फत सूचित गराएको छ । यस्तै आफू कार्यरत कम्पनीमा बन्द हड्ताल, ठगी, चोरी तथा महिलामाथि दुर्व्यवहार नगर्न समेत दूतावासले अपिल गरेको छ ।

नेपाली समुदायका सदस्यहरु स्थानीय संस्कृति तथा नियम कानून विपरित सार्वजनिक स्थलमा अनैतिक कार्य गरेको गुनासो बढ्दै गएपछि दूतावासको ध्यानाकर्षण गराएको जानकारी दिएको छ । कतार सरकारले खाने कुरामा निषेधित गरेको क्षेत्रमा खुल्ला रुपमा नखान पनि दूतावासले सबै नेपालीलाई आग्रह गरेको छ ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  ११ : ५८ बजे

पाथीभरामा पुगे एकै महिनामा १० हजार बढी दर्शनार्थी

ताप्लेजुङ – ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरामा माघ महिनामा १० हजारभन्दा

जङ्गली हात्ती मृत फेला

झापा- कचनकवल गाउँपालिका–७ मा आज जङ्गली हात्ती मृत फेला परेको

झापामा ओलीका सात दिन : ८० टोलमा भेटघाट, मतदाताले सुनाए गुनासै गुनासो

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली एकहप्तासम्म मतदाता भेटघाट

स्कूल बस दुर्घटना अपडेट : एक जनाको मृत्यु, छ जनालाई पोखरा पठाइयो

बागलुङ – बागलुङ नगरपालिका–३ रातमाटामा भएको स्कुल बस दुर्घटनामा घाइते

टी–२० विश्वकपः भारतले नामिबियालाई दियो २१० रनको लक्ष्य

काठमाडौं – आईसीसी टी–२० विश्वकपअन्तर्गत आयोजक भारतले नामिबियाविरुद्ध २१० रनको