धरानमा गुञ्जिँदै रचना, एकदेव र अस्मिता | Khabarhub Khabarhub

धरानमा गुञ्जिँदै रचना, एकदेव र अस्मिता


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान–युवापुस्ताका तीन लोकप्रिय गायकगायिका एकदेव लिम्बु, रचना रिमाल र अस्मिता अधिकारी आगामी पुष २४ गते धरानमा गुञ्जिने भएका छन् । सिल्भर इन्टरटेनमेन्टले आयोजना गर्न लागेको ‘नेपाल आइस मनोरञ्जन धमाका २०२२’मा दर्शकमाझ यी गायकगायिका प्रस्तुत हुन लागेका हुन् ।

धरानको पब्लिक हाइस्कुलको मैदानमा कन्सर्टमा गायक एकदेवले ‘आँखामा आउने सपनी’, ‘ब्ल्याक एण्ड व्हाईट’, ‘मन्द–मन्द’, ‘क्या राम्री’, ‘तिम्रो मुटुमा’, ‘लौ कान्छी’, ‘मेरी सानु’, ‘शिरफुल’ जस्ता गीत सुनाउनेछन् ।

‘नेपाल आइडल सिजन २’की थर्ड रनरअप अस्मिताले ‘तिम्रो मायाले बाँधेर राख’, ‘टाढा भएपनि’, ‘साली मन पर्यो’, ‘लज्जावती झार झैँ’, ‘को होला त्यो’ लगायतका गीतले दर्शकलाई मनोरञ्जन दिनेछिन् ।

‘नेपाल आइडल सिजन ३’ को टप आठसम्म पुगेकी रचनाले ‘फोटो फिरिममा’, ‘उनको प्रिती’, ‘एक चिम्टी सिन्दुर’, ‘काफल गेडी’, ‘रुमाल चिनो’ गीत गाउनेछिन् ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  २ : ५२ बजे

अस्पताल फार्मेसीमै उपचार सामग्री व्यवस्था गर्न स्वास्थ्य मन्त्रालयको परिपत्र

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मुटु, हड्डी तथा विभिन्न खालका

मानवीय सहयोग लिएर गएको जहाज गाजामा बेपत्ता

काठमाडौं – गाजामा मानवीय सहयोग लिएर गएको पानी जहाजलाई इजरायली

फेवा सीमाङ्कन : पोखरा पर्यटन परिषदबाट विरोध, होटल संघ समर्थनमा

पोखरा– ‘नो लेक नो मोर लेकसाइड’ लेखिएका नारा पोखराको लेकसाइडका

राष्ट्रियसभाबाट पानी जहाज विधेयक पारित गरिँदै

काठमाडौं– संघीय संसद अन्तर्गत राष्ट्रियसभा बैठक आज बस्दैछ । बैठक