माछा किन्दा सीडीओ ठगिएपछि… « Khabarhub

माछा किन्दा सीडीओ ठगिएपछि…


१९ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन– चितवनमा माछाको मूल्यको विषयमा प्रमुख जिल्ला अधिकारी (सीडीओ) अस्मान तामाङ र माछा व्यवसायीबीच आरोप प्रत्यारोप सुरु भएको छ ।

सीडीओ तामाङले माछा किन्दा आफू ठगिएको भन्दै ठगी गर्ने व्यवसायीमाथि मुद्दा चलाउने बताएका छन् । माछा व्यवसायीले पनि सोमबार प्रेस विज्ञप्ति जारी गरी सीडीओले पदीय मर्यादा बिर्सिएर व्यवसायीलाई दुर्व्यवहार गरेको आरोप लगाएका छन् ।

सीडीओ तामाङले माछाको मूल्य बढी लिएको भन्दै आफ्नो पदीय मर्यादा विपरित चितवन फिस हाउसका सञ्चालक लुलाराज तामाङमाथि आइतबार दुर्व्यवहार गरेको व्यवसायीको आरोप छ ।

नेपाल मत्स्य व्यवसायी संघ केन्द्रीय समिति र जिल्ला समितिले सोमबार विज्ञप्ति जारी गरि सीडीओले प्रहरी प्रशासनसहित पसलमा पुगेर व्यवसायीलाई अपशब्द प्रयोग गर्दै गालीगलोज गरेको बताएको छ । सीडीओ तामाङले व्यक्तिगत स्वार्थका कारण आफूमाथि दुर्व्यवहार गरी माछा राखेको डिप फ्रिजमा तालासमेत लगाएको व्यवसायी लुलाराजले बताएका छन् ।

व्यवसायीका अनुसार सीडीओ तामाङकी श्रीमती आइतबार सरकारी नम्बर प्लेटको ना १ झ ४९९ नम्बरको गाडी लिएर मत्स्य व्यवसायी संघ चितवनका अध्यक्ष खगेन्द्र सुवेदीको दिव्यनगरस्थित अक्वा ब्रिडर्स नेपालमा पुगेकी थिइन् । माछा किन्न व्यवसायी लुलाराज पनि फार्ममा पुगेका थिए ।

पोखरीबाट निकालेको माछा बिक्री भएर सकिएपछि लुलाराजले नै सीडीओकी श्रीमतीलाई प्रतिकेजी ३०० रुपैयाँका दरले ५.३ केजी बिक्री गरे । त्यसपछि बाँकी माछा लिएर लुलाराज आफ्नो पसल आए । बेलुकी ५ बजेपछि सीडीओ तामाङ पत्नी र सहायक सीडीओ पनि पत्नीसहित उनको पसलमा पुगे ।

‘तँ होइन बढी पैसा लिएर माछा बेच्ने । तँ कालाबजारी गर्ने भन्दै अपशब्द बोल्दै गाली गलौज गर्नुभयो’, उनले भने, ‘आफू सीडीओ भएको र आफू प्रशासन भएको भन्दै तथानाम गाली गर्नुभयो’, आफूमाथि हातपात भने नभएको उनले बताए ।

घटनापछि सोमबार सहायक सीडीओ चिरञ्जिवी शर्मासँगको छलफलबाट सकारात्मक परिणाम ननिस्किएको खगेन्द्र सुवेदीले बताए ।

प्रतिकेजी २४० रुपैयाँ पर्ने माछालाई प्रतिकेजी ३०० रुपैयाँ लिएर लुलाराजले कालोबजारी गरेको सीडीओ तामाङको भनाइ छ । ‘मैले पुस ९ गते पनि फार्मबाट माछा ल्याएको सात किलो । प्रतिकेजी २४० मा । हिजो पनि माछा लिन गएछन् । एउटा फार्मले चाँहि २४० मा पसलेको नाममा बिल बनायो । त्यहिँ पसलेले फेरि ३०० लिएछ । म ठगिएँ’, उनले भने ।

व्यवसायीले २० प्रतिशतभन्दा बढी नाफा लिएकाले कालोबजारीमा मुद्दा चलाएर कारबाही गर्ने उनले बताए । फार्मले प्रतिकेजी २४० मा पसलेलाई माछा बिक्री गरेको बील आफूसँग रहेको उनको भनाइ छ । बेलुका पसलमा चाँहि पसलेसँग माछाको बिल लिन गएको उनले बताए ।

प्रकाशित मिति : १९ पुस २०७८, सोमबार  १० : ५५ बजे

वैकल्पिक मार्गबाट काठमाडौँ भित्र्याइयो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी

भोटेकोशी बाढी: १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज