गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो « Khabarhub

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो


२१ भाद्र २०८३, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको बाढीले चारवटा घरमा क्षति पुर्‍याउनुका साथै आवतजावत गर्ने फलामे पुल बगाएको छ।

प्रहरीका अनुसार बाढीले स्थानीय नगु छिरिङ र वर्गीन लामाको कच्ची घर पूर्ण रूपमा बगाएको छ। यस्तै लाक्पाभुटी लामा र दोर्जे घ्याल्जेनको कच्ची घरमा बाढीले क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

बाढीले नार्बु हुँदै ल्हो जोड्ने मुख्य फलामे पुलसमेत बगाएपछि त्यस क्षेत्रको पदमार्ग तथा आउजाउ अवरुद्ध बनेको छ। घटनामा हालसम्म कुनै मानवीय क्षति भने भएको छैन।

घटनास्थलमा उद्धार तथा क्षतिको थप विवरण संकलनका लागि इलाका प्रहरी कार्यालय लार्केबाट प्रहरी टोली खटिएको छ।

प्रकाशित मिति : २१ भाद्र २०८३, आइतबार  ९ : ३७ बजे

स्थानीय तहमा ज्येष्ठ नागरिक दिवा सेवा केन्द्र सञ्चालन गर्न नयाँ कार्यविधि

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा

किएभमा रुसको भीषण हवाई हमला, दुई जनाको मृत्यु

युक्रेन– रुसले युक्रेनको राजधानी किएभ माथि पुनः ठूलो हवाई हमला

नोबेल शान्ति पुरस्कार घोषणामा ट्रम्पको प्रभावबारे बहस

ओस्लो- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प यस वर्षको नोबेल शान्ति पुरस्कारका

‘पेन्सन पट्टा’ बन्यो यस वर्षको दोस्रो सर्वाधिक कमाउने नेपाली फिल्म

काठमाडौं– तीन साता पूरा हुँदा पनि दर्शकको साथ नछुटेपछि ‘पेन्सन

ललितपुरमा चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू

काठमाडौं– ललितपुर प्रहरीले चाडपर्व लक्षित विशेष सुरक्षा योजना लागू गरेको