ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण सुरु « Khabarhub

ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण सुरु


२० पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगञ्ज – तराईमा पछिल्लो एक सातायता चिसो बढ्दै गएपछि प्रदेश नं २ को एकमात्र महानगरपालिका वीरगञ्ज महानगरपालिकाले छ हजार ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण सुरु गरेको छ ।

महानगरपालिकाको जनकल्याणकारी योजनाअन्र्तगत महानगरका सबै वडाका छ हजार ज्येष्ठ नागरिकलाई न्यानो कपडासहित अन्य सामग्री वितरणको काम सुरु भएको नगरप्रमुख विजयकुमार सरावगीले जानकारी दिए ।

प्रमुख सरावगीका अनुसार प्रतिज्येष्ठ नागरिक एक थान कम्बल, झुल, छाता, टर्चलगायत सामग्रीको प्याकेज बनाएर वितरण गरिँदै आएको छ। महानगरपालिकाले जनकल्याणकारी योजनाअन्तर्गत ३२वटै वडामा रहेका ज्येष्ठ नागरिकलाई वितरण गर्ने लक्ष्य रहेको छ ।

सामाजिक सुरक्षा भत्ता कार्यक्रमअन्र्तगत वीरगञ्ज महानगरपालिकाबाट भत्ता सुविधा लिँदै आएका कूल छ हजार ज्येष्ठ नागरिकलाई न्यानो कपडासहित अन्य सामग्री वितरण गरिने महानगरपालिकाले जनाएको छ ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ९ : ३२ बजे

वैकल्पिक मार्गबाट काठमाडौँ भित्र्याइयो ५८ हजारभन्दा बढी ग्यास सिलिन्डर

काठमाडौँ – पृथ्वी राजमार्गको कृष्णभिर खण्डमा सडक भासिएपछि नेपाल आयल

युट्युब हेरेर ड्रागन फ्रुट खेती: घरबाटै बिक्री, प्रतिकिलो ४ सयसम्म आम्दानी

कपिलवस्तु – सामाजिक सञ्जालमा कृषि प्रविधिसम्बन्धी सामग्री हेरेर सिकेको ज्ञानलाई

गोरखाको नाम्रुङ खोलामा बाढी: दुई घर र फलामे पुल बगायो

काठमाडाैँ – उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका–४ स्थित नाम्रुङ खोलामा आएको

चितवन प्रहरी गर्‍यो ३३३ शवको व्यवस्थापन

नारायणगढ – रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी

भोटेकोशी बाढी: १३ सय ४१ जनाको शव भेटियो, चार हजार अझै बेपत्ता

काठमाडौँ – रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सञ्चालित खोज