‘प्रचण्डको खल्तीबाट केन्द्रीय सदस्य बनेका होइनौँ’ « Khabarhub

‘प्रचण्डको खल्तीबाट केन्द्रीय सदस्य बनेका होइनौँ’


२० पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ : नेकपा माओवादी केन्द्रकी नवनिर्वाचित केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सांसद दुर्गा विश्वकर्माले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको खल्तीबाट नेता नबनेको बताएकी छन् ।

खबरहबको रेडियो क्यान्डिडको कार्यक्रम ‘क्यान्डिड टक’मा कुरा गर्दै विश्वकर्माले आफूहरु प्रचण्डको खल्तीबाट केन्द्रीय सदस्य नबनेको बताएकी हुन् ।

‘हामी भन्या को हो ? वर्षौदेखि पार्टीमा लागेको, जनताका लागि राजनीति गरेको नेताहरु नै केन्द्रीय सदस्य बनेका हुन् । केन्द्रीय सदस्य बनेका धेरै नेतालाई प्रचण्डले नै राम्रोसँग चिन्दैनन्, उनीहरुसँग सँधै बोलचालै हुँदैन । आफ्नो दुःख र संघर्षले धेरै नेता केन्द्रीय सदस्यमा पुग्नु भएको हो,’ उनले कार्यक्रममा भनिन्, ‘पार्टीको विधि, विधान र संघर्षले हामी केन्द्रीय सदस्य बनेका हौँ । प्रचण्डको खल्तीबाट भएका होइनौँ ।’

साथै उनले प्रचण्डले नाम बाचन गरेर २३६ जना सदस्यको टुंगो लगाउँदा उनले नेतृत्वको बचाउ गरिन् । समानुपातिक पद्धतिलाई कार्यान्वयन गरिएको भन्दै प्रचण्डको खल्तीबाट केन्द्रीय सदस्य बनाएको भन्नु आपत्तिजनक रहेको पनि नेता विश्वकर्माले बताइन् ।

‘तपाईहरुले पटक पटक खल्तीबाट केन्द्रीय सदस्य बनेको भन्नु आपत्तिजनक छ,’ उनले भनिन्, ‘देशको सबैभन्दा धेरै क्रान्तिकारी र परिवर्तनको नेतृत्व गर्ने पार्टीमा कसैको खल्तीबाट नेताहरु केन्द्रीय सदस्य बन्दैनन् । जनयुद्ध लडेर ज्यानको बाजी लगाएर लडेका व्यक्ति नै नेता हुँदै केन्द्रीय सदस्य बनेका हुन् ।’

माओवादी परिवर्तनकारी शक्ति भएको र देशमा गणतन्त्र, संविधान र संघीयता आउनुमा प्रचण्डकै नेतृत्व जिम्मेवार रहेको पनि उनले बताइन् । साथै उनले नेताकै सहमतिबाट अध्यक्षमा प्रचण्ड चुनिएको र केन्द्रीय सदस्यमा सबैको समान सहभागिता रहेको दाबी गरिन् ।

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ७ : ५५ बजे

आगामी बजेटबारे मन्त्रालयसँग छलफल सुरु, योजना प्रस्ताव गर्ने समयसीमा लम्बिन सक्ने सङ्केत

काठमाडौं- नयाँ सरकार गठनसँगै आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट

‘सरकारद्वारा सार्वजनिक ऊर्जा क्षेत्रसम्बन्धी कार्ययोजना स्वागतयोग्य’

काठमाडौं– स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) नेपालले नयाँ सरकारद्वारा सार्वजनिक

सरकारलाई अदालतको आदेश : पूर्वप्रधानमन्त्री ओलीको उपचारका लागि व्यवस्था गर्नू

काठमाडौं- जिल्ला अदाल काठमाडौंले शनिबार पक्राउ गरिएका पूर्वप्रधानमन्त्री केपी शर्मा

प्रदेशसभा बैठकमा वातावरण समितिको प्रतिवेदन प्रस्तुत

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा ‘उद्योग, पर्यटन तथा वातावरण समितिको आर्थिक

ब्रिटिश मिडियाको दाबी : अमेरिकी बेसमा हमला गर्न रूसले इरानलाई दिएको थियो स्याटेलाइट सूचना

काठमाडौं- युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले साउदी अरेबियास्थित अमेरिकी सैन्य बेसमा