दलहरूले लोकतन्त्रको नामा लुटतन्त्र मच्चाए : अध्यक्ष लिङ्देन | Khabarhub Khabarhub

दलहरूले लोकतन्त्रको नामा लुटतन्त्र मच्चाए : अध्यक्ष लिङ्देन


२० पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जनकपुरधाम– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले गणतन्त्र पक्षधर राजनीतिक दलहरूले लोकतन्त्रको नामा लुटतन्त्र मच्चाएका भन्दै चर्को आलोचना गरेका छन् ।

मुलुकमा गणतन्त्र आएको १५ वर्ष भइसक्दा पनि राजनीतिक पार्टीले युवाहरूलाई रोजगारी प्रदान गर्ने एउटा पनि काम नगरी लोकतन्त्रको नाममा उनीहरू लुटतन्त्र मच्चाएको उनले आरोप लगाए ।

मंगलबार जनकपुरमा पार्टीले आयोजना गरेको प्रदेश स्तरीय कार्यकर्ता भेला तथा आमसभालाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भने, ‘गणतन्त्र आएको १५ वर्ष भइसकेको छ । युवाहरूलाई रोजगारी सिर्जना हुने एउटा पनि काम यी दलहरूले गर्न सकेन । यिनीहरूले देशलाई बेरोजगार युवाहरू उत्पादन गर्ने कारखानामा परिणत गरिदिएका छन् ।’

राजनीतिक दलहरूकै असक्षमताका कारण नेपालका ५५ लाख युवा वैदेशिक रोजगारका क्रममा देश बाहिर रहेको उनले बताए । उनले नेताहरूकै कारण स्वाभिमानी नेपाली बेरोजगार भएर अरवियनहरूको नोकर बन्न बाध्य भइरहेको बताएका थिए ।

विगतमा राजाले लिइरहेको सुविधा अहिलेको राष्ट्रपति विद्यादेवी भण्डारीले लिइरहेको बताउँदै अध्यक्ष लिङ्देनले भने, ‘राजाभन्दा पनि अहिले देशको साधन श्रोत दलहरूले खर्च गरिरहेका छन् । प्रत्येक पाँच वर्षमा राष्ट्रपति फेरिँदा पूर्व राष्ट्रपतिहरूलाई पनि सुविधा दिने जानेको हो, राज संस्थाको खर्च र अहिलेको व्यवस्थाको खर्च धेरै फरक हुन्छ ।’ उनले विगतको राजसंस्थाभन्दा अहिले गणतन्त्र खर्चिलो भएको बताए ।

राप्रपाका प्रदेश २ अध्यक्ष भरत गिरिको अध्यक्षतामा सम्पन्न कार्यक्रममा राप्रपाका पूर्व अध्यक्ष डा प्रकाशचन्द्र लोहनीले राजसंस्था तराई, पहाड र हिमाल जोडने माध्यम रहेको बताएका छन् । दुई ठूला छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्धलाई सन्तुलनमा राख्न राजसंस्था आवश्यक रहेको डा लोहनीले बताए । न्यूजकारखाना

प्रकाशित मिति : २० पुस २०७८, मंगलबार  ७ : ४० बजे

शिव सेना नेपाल अध्यक्ष बस्नेत पक्राउ

काठमाडौं- तीनकुने घटना प्रकरणमा प्रहरीले शिव सेना नेपालका अध्यक्ष अनिल

सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया थालिन्छ : प्रधानमन्त्री

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिका आधारमा संविधान संशोधनको प्रक्रिया

शाह वंशीय सामन्ती व्यवस्था मुलुकको अग्रगतिमा तगारो बन्यो : प्रधानमन्त्री ओली

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक अस्थिरताका कारण सिर्जित निराशालाई

निजामती सेवा विधेयकमा थप छलफल गर्न गृहमन्त्रीले मागे ५-६ दिनको समय

काठमाडौं- गृहमन्त्री रमेश लेखकले निजामती विधेयकमा असहमति देखिएका विषयमा छलफल

सगरमाथा संवादका लागि भारतले दियो १५ वटा सवारी साधन 

काठमाडौं– नेपाल सरकारले आयोजना गर्न लागेको सगरमाथा संवादको पहिलो संस्करणका