विश्वभर एकै दिनमा साढे २० लाखमा कोरोना संक्रमण « Khabarhub

विश्वभर एकै दिनमा साढे २० लाखमा कोरोना संक्रमण

अमेरिकामा मात्रै साढे ५ लाख थपिए


२१ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर कोरोना संक्रमितको कूल संख्या साढे २९ करोड नाघेको छ ।

ओल्डोमिटरकाअनुसार पछिल्लो २४ घण्टामा २० लाख ५३ हजारभन्दा धेरै संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २९ करोड ५३ लाख १४ हजार नाघेको हो ।

आज थपिएको संख्या अहिलेसम्मकै सर्वाधिक हो । पछिल्लो केही सातायता यूरोपमा कोरोना संक्रमण उच्च बिन्दुमा पुगेको हो ।

थपिनेमध्ये अमेरिकामा मात्रै ५ लाख ४३ हजार ५०० जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी फ्रान्समा २ लाख ७१ हजार, बेलायतमा २ लाख १८ हजार, इटलीमा एक लखा ७० हजार, स्पेनमा एक लाख १७ हजार भेटिएका छन् ।

यसैगरी अर्जेन्टिनामा ८१ हजार, टर्कीमा ५४ हजार, भारतमा ५१ हजार, जर्मनीमा ४३ हजार, क्यानडामा २५ हजार थपिएका हुन् ।

यही अवधिमा ६ लाख ४७ हजार संक्रमणमुक्त भएका छन् भने ६ हजार ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुसमा ८३४, अमेरिकामा एक हजार ७५६, जर्मनीमा ३९७, फ्रान्समा ३५१, इटलीमा २२२ र टर्कीमा १३७ जना छन् ।

कोरोनामुक्त हुनेमा अमेरिकामा एक लाख २६ हजार, फ्रान्समा ६५ हजार, जर्मनीमा ५३ हजार, बेलायतमा ४९ हजार, इटलीमा ३० हजार, रुसमा २७ हजार र टर्कीमा २६ हजार छन् ।

 

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ६ : २६ बजे

बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार

काठमाडौ – क्रिकेटको नियामक निकायले बुधबार टी–२० विश्वकपका खेलहरू भारतबाहिर

निजी क्षेत्रका एजेण्डालाई प्राथमिकता दिइयोस् : चन्द्र ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै

केपी ओलीलाई बालेनले घेर्दा अरू शीर्ष नेता कति सुरक्षित ?

काठमाडौं- गत भदौ २३ र २४ गते युवा पुस्ताले गरेको

उपत्यकाका सार्वजनिक सवारीसाधनमा सिसी क्यामरा जडान सुरु

काठमाडौं– काठमाडौँ उपत्यकाका सार्वजनिक सवारी साधनमा आजदेखि सिसी क्यामरा जडान