विश्वभर एकै दिनमा साढे २० लाखमा कोरोना संक्रमण « Khabarhub

विश्वभर एकै दिनमा साढे २० लाखमा कोरोना संक्रमण

अमेरिकामा मात्रै साढे ५ लाख थपिए


२१ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – विश्वभर कोरोना संक्रमितको कूल संख्या साढे २९ करोड नाघेको छ ।

ओल्डोमिटरकाअनुसार पछिल्लो २४ घण्टामा २० लाख ५३ हजारभन्दा धेरै संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या २९ करोड ५३ लाख १४ हजार नाघेको हो ।

आज थपिएको संख्या अहिलेसम्मकै सर्वाधिक हो । पछिल्लो केही सातायता यूरोपमा कोरोना संक्रमण उच्च बिन्दुमा पुगेको हो ।

थपिनेमध्ये अमेरिकामा मात्रै ५ लाख ४३ हजार ५०० जनामा संक्रमण पुष्टि भएको छ ।

यसैगरी फ्रान्समा २ लाख ७१ हजार, बेलायतमा २ लाख १८ हजार, इटलीमा एक लखा ७० हजार, स्पेनमा एक लाख १७ हजार भेटिएका छन् ।

यसैगरी अर्जेन्टिनामा ८१ हजार, टर्कीमा ५४ हजार, भारतमा ५१ हजार, जर्मनीमा ४३ हजार, क्यानडामा २५ हजार थपिएका हुन् ।

यही अवधिमा ६ लाख ४७ हजार संक्रमणमुक्त भएका छन् भने ६ हजार ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रुसमा ८३४, अमेरिकामा एक हजार ७५६, जर्मनीमा ३९७, फ्रान्समा ३५१, इटलीमा २२२ र टर्कीमा १३७ जना छन् ।

कोरोनामुक्त हुनेमा अमेरिकामा एक लाख २६ हजार, फ्रान्समा ६५ हजार, जर्मनीमा ५३ हजार, बेलायतमा ४९ हजार, इटलीमा ३० हजार, रुसमा २७ हजार र टर्कीमा २६ हजार छन् ।

 

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ६ : २६ बजे

प्रतिनिधिसभा नियमावलीका दुई व्यवस्था कार्यान्वयन नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं – सर्वोच्च अदालतले ‘प्रतिनिधिसभा नियमावली, २०८३’ का दुई नियम

मक्कातर्फ ड्रोन प्रहार गरेको साउदीको आरोप, हुथीद्वारा अस्वीकार

कायरो – साउदी अरबले यमनका इरान–समर्थित हुथी विद्रोहीले इस्लामको सबैभन्दा

अर्थमन्त्री डा वाग्ले तीन दिने भारत भ्रमणमा जाँदै

काठमाडौं – अर्थमन्त्री डा स्वर्णिम वाग्ले भारत सरकारको निमन्त्रणामा तीनदिने

एक अर्ब ३४ करोडको हुन्डी कारोबार गर्ने युवा पक्राउ

काठमाडौं – अवैध हुन्डी कारोबारमा सङ्लग्न भएको आरोपमा प्रहरीले एक

बाढीप्रभावितका लागि त्रिभुवन विश्वविद्यालयको नौ करोड २५ लाख सहयोग

काठमाडौं – त्रिभुवन विश्वविद्यालयले भोटेकोशी नदीमा गएको विनाशकारी बाढीबाट प्रभावित