कांग्रेसको अधिवेशन रोक्न माग गर्दै भोक हड्ताल | Khabarhub Khabarhub

कांग्रेसको अधिवेशन रोक्न माग गर्दै भोक हड्ताल


२१ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – नेपाली कांग्रेस महोत्तरीका पूर्व महासचिव बजरङ्ग नेपाली आमरण अनसनमा बसेका छन् ।

क्षेत्रको अधिवेशन सम्पन्न नभई २७ पुसमा जिल्ला अधिवेशन निर्धारण गरेको भन्दै उनी आज (बुधबार) बिहान ८ बजेदेखि अनसनमा बसेका हुन् ।

क्षेत्र नम्बर ३ को अधिवेशन नै नसकी सुनियोजित ढङ्गबाट अधिवेशनको मिति निर्धारण गरेको भन्दै जिल्ला कार्यसमितिले पनि नेता नेपालीको अनसनलाई ऐक्यबद्धता जनाएको छ ।

मंगलवार जिल्ला कार्यसमितिले केन्द्रलाई नेता नेपालीको भोक हडतालप्रति ध्यानाकर्षणसहितको पत्र समेत पठाइसकेको छ । पत्रमा क्रियाशील सदस्य तथा अधिवेशनमा भाग लिनेहरुलाई पाखा लगाइ जिल्ला अधिवेशनको मिति तोक्नु षडयन्त्रपूर्ण र सुनियोजित भएको उल्लेख छ ।

विवादकै कारण अझै महोत्तरीको क्षेत्र नम्बर ३ मा अधिवेशन हुन सकेको छैन । संस्थापन र संस्थापन इतरका बीच विवाद हुँदा क्षेत्र नम्बर ३ को अधिवेशन स्थगित भएको थियो ।

निर्वाचन क्षेत्र नम्बर ३ को विवाद नसुल्झाइ विधि र विधानविपरीत जिल्ला अधिवेशनको मिति निर्धारण गर्नु आपत्तिजनक रहेको पूर्वमहासचिव नेपालीको भनाइ छ ।

मंगलबार नै नेता नेपालीले जिल्ला कार्यसमितिलाई ज्ञापनपत्र बुझाउँदै विवादित ठाउँहरुको विवाद नटुङ्ग्याएसम्म भोक हड्ताल गर्ने चेतावनी दिएका थिए ।

नेता नेपालीको हड्ताललाई समेत मध्यनजर गर्दै क्षेत्रीय अधिवेशन सकेपछिमात्र जिल्ला अधिवेशनको मिति निर्धारण गर्न कांग्रेस महोत्तरीले पनि माग गरेको छ ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ११ : ३० बजे

पूर्व प्रधानमन्त्री र पार्टी प्रमुखहरूले आत्मालोचना गर्दै बिदा लिनुपर्छ : नेता रावल

काठमाडौं – नेकपा (एमाले)का नेता झपट रावलले वर्तमान राजनीतिक दलका

रास्वपाले पार्टीको झण्डा आधा झुकाउने

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को भर्चुअल माध्यमबाट बसेको केन्द्रीय

संयुक्त राष्ट्रसङ्घ प्रतिवेदन: दक्षिण सुडानमा अर्बौं डलर भ्रष्टाचार

नैरोबी – संयुक्त राष्ट्रसङ्घको एक रिपोर्टले दक्षिण सुडानका सरकारी अधिकारीहरूले

‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना र ४५ सवारीसाधनमा आगजनी

सुर्खेत – ‘जेनजी’ आन्दोलनका क्रममा कर्णालीमा ५२ वटा भौतिक संरचना

तोडफोड तथा आगजनी गर्नेलाई खोज्दै प्रहरी

चितवन – जेनजी आन्दोलनमा तोडफोड, आगजनी र लुटपाटमा संलग्नको खोजीमा