कांग्रेसको अधिवेशन रोक्न माग गर्दै भोक हड्ताल « Khabarhub

कांग्रेसको अधिवेशन रोक्न माग गर्दै भोक हड्ताल


२१ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी – नेपाली कांग्रेस महोत्तरीका पूर्व महासचिव बजरङ्ग नेपाली आमरण अनसनमा बसेका छन् ।

क्षेत्रको अधिवेशन सम्पन्न नभई २७ पुसमा जिल्ला अधिवेशन निर्धारण गरेको भन्दै उनी आज (बुधबार) बिहान ८ बजेदेखि अनसनमा बसेका हुन् ।

क्षेत्र नम्बर ३ को अधिवेशन नै नसकी सुनियोजित ढङ्गबाट अधिवेशनको मिति निर्धारण गरेको भन्दै जिल्ला कार्यसमितिले पनि नेता नेपालीको अनसनलाई ऐक्यबद्धता जनाएको छ ।

मंगलवार जिल्ला कार्यसमितिले केन्द्रलाई नेता नेपालीको भोक हडतालप्रति ध्यानाकर्षणसहितको पत्र समेत पठाइसकेको छ । पत्रमा क्रियाशील सदस्य तथा अधिवेशनमा भाग लिनेहरुलाई पाखा लगाइ जिल्ला अधिवेशनको मिति तोक्नु षडयन्त्रपूर्ण र सुनियोजित भएको उल्लेख छ ।

विवादकै कारण अझै महोत्तरीको क्षेत्र नम्बर ३ मा अधिवेशन हुन सकेको छैन । संस्थापन र संस्थापन इतरका बीच विवाद हुँदा क्षेत्र नम्बर ३ को अधिवेशन स्थगित भएको थियो ।

निर्वाचन क्षेत्र नम्बर ३ को विवाद नसुल्झाइ विधि र विधानविपरीत जिल्ला अधिवेशनको मिति निर्धारण गर्नु आपत्तिजनक रहेको पूर्वमहासचिव नेपालीको भनाइ छ ।

मंगलबार नै नेता नेपालीले जिल्ला कार्यसमितिलाई ज्ञापनपत्र बुझाउँदै विवादित ठाउँहरुको विवाद नटुङ्ग्याएसम्म भोक हड्ताल गर्ने चेतावनी दिएका थिए ।

नेता नेपालीको हड्ताललाई समेत मध्यनजर गर्दै क्षेत्रीय अधिवेशन सकेपछिमात्र जिल्ला अधिवेशनको मिति निर्धारण गर्न कांग्रेस महोत्तरीले पनि माग गरेको छ ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ११ : ३० बजे

तातो हावाको लहर कायमै रहने सम्भावना

काठमाडौं– देशका पश्चिमी तराई क्षेत्रमा तातो हावाको लहर (हिटवेभ) को

थलथलेमा खानेपानीको समस्या हट्यो,३३ घरमा ‘एक घर, एक धारा’ जडान

भोजपुर– यहाँको थलथले खानेपानी आयोजनामार्फत ३३ घरमा ‘एक घर, एक धारा’

अवरुद्ध बेनी–जोमसोम सडक १२ घण्टापछि खुल्यो 

म्याग्दी– सडकमा थुप्रिएको ढुङ्गा पन्छाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई

म्याग्दीको मुनामा पक्की नाला निर्माण

म्याग्दी– म्याग्दीको धौलागिरि गाउँपालिका–३ मुनामा ढल व्यवस्थापन आयोजना निर्माण भएको

भेनेजुएला भूकम्प: ३२ जनाको मृत्यु, ७०० घाइते

काराकास – भेनेजुएलामा गएको शक्तिशाली र विनाशकारी भूकम्पमा परी मृत्यु