राजमार्गमा सवारीसाधनलाई रोकेर लुटपाट गर्न खोज्ने ६ जना पक्राउ « Khabarhub

राजमार्गमा सवारीसाधनलाई रोकेर लुटपाट गर्न खोज्ने ६ जना पक्राउ


२१ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पूर्व–पश्चिम राजमार्गमा गुड्ने सवारीसाधनलाई रोकेर जबर्जस्ती लुटपाट गर्न खोज्ने ६ जनाको समूहलाई प्रहरीले पक्राउ गरेको छ ।

पूर्व–पश्चिम राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिकाको जङ्गलमा मंगलबार राति राजमार्गमा सवारीसाधनलाई रोकेर जबर्जस्ती पैसा मागिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको अगैया प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक खगेन्द्र केसीले जानकारी दिए । पक्राउ पर्नेमा दुर्गा टमटा, सन्तोष पहाडीलगायत छन् ।

अगैयाभन्दा पूर्वतर्फ सिक्टा, गाभर जङ्गलमा गाडी रोकेर जबर्जस्ती पैसा मागेको र नदिए ज्यान मार्ने धम्की दिएकोबारे कार र ट्रकका चालकले जानकारी दिएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।

लुटपाटमा संलग्न उनीहरु बा१४च ३३०३ नंको कारमा सवार रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई कारबाहीका लागि इलाका प्रहरी कार्यालय कोहलपुरलाई बुझाइएको छ ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  १२ : १५ बजे

गाजाको पुनः स्थापनाका लागि युरोपेली दाताहरूबाट एक अर्ब डलर सहयोग घोषणा

ब्रसेल्स- युद्धबाट प्रभावित गाजाको प्रारम्भिक पुनःस्थापनाका लागि युरोपेली दाताहरूले करिब एक

उज्यालो र सुरक्षित सहर अभियानमा ललितपुर महानगरको तीव्रता

काठमाडौं– ललितपुर महानगरपालिकाले उज्यालो र सुरक्षित सहर अभियानलाई तीव्रता दिएको

कालिकोटमा बढ्दै एचआईभी सङ्क्रमित

मान्म– पछिल्लो पटक कालिकोटमा एचआईभी सङ्क्रमितको सङ्ख्या ७५ पुगेको छ

सञ्चार गृहअगाडि शंकास्पद गाडीबारे महासचिव पोखरेलको टिप्पणी, ‘विनाशकाले विपरीत बुद्धि’

काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले सञ्चार प्रतिष्ठानको प्रवेशमार्ग

बर्खामा यातायात सञ्चालन गर्न कल्भर्ट र पक्की पुल निर्माण

ढोरपाटन– बागलुङको सबैभन्दा विकट पालिका मानिन्छ तमानखोला गाउँपालिका । यहाँ