मुगुका किसानलाई स्याउ काँटछाँटको चटारो | Khabarhub Khabarhub

मुगुका किसानलाई स्याउ काँटछाँटको चटारो


२१ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुगु– मुगुमा हिजोआज किसानलाई स्याउका बिरुवा काँटछाँट गर्ने चटारो छ । हिउँदको समयमा स्याउका बिरुवा काँटछाँट नगरे धेरै फल्ने तर साना दाना लाग्ने र झर्ने भएकाले यसवेला किसानले स्याउका बोट काँटछाँट गर्ने गरेका छन् ।

हिउँदको बेला अर्थात पालुवा र कोपिला पलाउनुअगावै स्याउका बोटमा निस्किएका बाक्ला र अनावश्यक हाँगा काट्नु पर्ने भएकाले स्याउ किसान स्याउको बोट बिरुवाको काँटछाँटमा व्यस्त भएका हुन् ।

यस वर्ष समयमा नै हिमपात भएकाले स्याउको उत्पादनमा बृद्धि हुने अपेक्षा गरिएको छ । विगतका वर्षहरुमा असिना पानीले स्याउ उत्पादनमा ह्रास आएको थियो भने उत्पादनमा पनि कमी रहेको थियो । मुगुमा यो वर्ष समयमै हिमपात भएपछि स्याउ उत्पादनमा केही फड्को मार्ने छायाँनाथ रारा नगरपालिका–४ का सफल युवा कृषक मणिचन्द्र भामले बताए ।

उनका अनुसार विगतदेखि नै कृषि खेतीमा संलग्न छु, कृषि क्षेत्रबाटै जीविकोपार्जन गर्न सहयोग पुगेको छ । गएको वर्ष असिना पानीले गर्दा स्याउ उत्पादनमा केही कमी आएको थियो भने यस वर्ष समयमै हिमपात भएकाले उत्पादनमा वृद्धि हुने किसानको अपेक्षा छ ।

मुगुको ताल्चा, बाम, रोवा , खमाले, सेरी, श्रीकोटलगायतका क्षेत्रलाई स्याउको पकेट क्षेत्र मानिएको छ ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  १ : १५ बजे

बलिङतर्फ पनि दबाबमा साविक विजेता जनकपुर

काठमाडौं- नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को उद्घाटन खेलमा

उत्कृष्ट करदाताहरू सम्मानित

विराटनगर– आन्तरिक राजस्व कार्यालय विराटनगरले ‘कर प्रणालीको सार, लगानीको आधार’

पहिलो दिनमै प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ता उत्साहजनक

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनका

सडक उपभोग दस्तुर संकलन पुनः सुरु

भैरहवा– नेपालमा रोकिएको सडक उपभोग दस्तुर संकलन रूपन्देहीबाट पुनः सुरु

रास्वपा छोड्ने जोखिमपूर्ण निर्णय किन लिए सन्तोषले ?

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाबाट सन्तोष परियारले राजीनामा दिएपछि राजनीतिक