बिम्स्टेक प्रक्रिया सुदृढ बनाउन नेपालको प्रतिबद्धता | Khabarhub Khabarhub

बिम्स्टेक प्रक्रिया सुदृढ बनाउन नेपालको प्रतिबद्धता


२१ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवासँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगाल खाडीको प्रयास (बिम्स्टेक) का महासचिव तेन्जिङ लेकफेलले बालुवाटारस्थित प्रधानमन्त्री निवासमा भेटवार्ता गरेका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार नेपालको चारदिने परिचयात्मक भ्रमणमा रहेका महासचिव लेकफेलसँग प्रधानमन्त्री देउवाले बिम्स्टेकजस्ता क्षेत्रीय संगठनमा नेपालको रचनात्मक संलग्नता रहिरहने र बिम्स्टेक प्रक्रियाप्रति नेपालको पूर्ण प्रतिबद्धता रहेको बताएका थिए । उनले बिम्स्टेकको प्रगतिलाई सुदृढ तुल्याउन तथा क्षेत्रीय सहयोगको चाहनालाई साकार पार्न महत्वूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गरेका थिए ।

महासचिव लेकफेलले काठमाडौंमा सम्पन्न चौथो बिम्स्टेक शिखर सम्मेलन सहयोगका क्षेत्रलाई सुव्यवस्थित र संस्थागत सुदृढीकरणका लागि महत्वपूर्ण कोसेढुंगा भएको बताउदै नेपालको प्रतिबद्धताको सराहना गरेका थिए ।

श्रीलंकाले कोरोना महामारीका कारण रोकिएको बिम्स्टेकको पाँचौ शिखर सम्मेलन आगामी चैतमा आयोजनाको प्रस्ताव गरेको छ । २०५४ सालमा स्थापित बिम्स्टेकमा बंगलादेश, भारत, श्रीलंका, थाइल्याण्ड, भुटान, म्यान्मार र नेपाल सदस्य छन् ।

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  २ : ५५ बजे

पार्टी स्थापना दिवस मनाउन एकीकृत समाजवादीको निर्देशन

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले मातहतका सबै जिल्ला कमिटीलाई

बसाइँसराइले रित्तिदै गाउँ

म्याग्दी – जिल्लाबाट वार्षिक दुई सय ५० परिवारका दरले अन्यत्र

सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची 

काठमाडौं– सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे सङ्घीय

टप टी-२० सिरिज : पाकिस्तानसँग भिड्दै नेपाल

काठमाडौं – अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप इन्ड टी–२० सिरिजमा

बागतीमा जलसतह बढ्यो, सतर्कता अपनाउन आग्रह

काठमाडौं – काठमाडौंमा लगातारको वर्षापछि बागमती नदीमा जलसतह बढेको छ