डा.शेखरको देउवालाई प्रश्न : केन्द्रीय सदस्य मनोनयनको मापदण्ड के हो ? « Khabarhub

डा.शेखरको देउवालाई प्रश्न : केन्द्रीय सदस्य मनोनयनको मापदण्ड के हो ?


२१ पुस २०७८, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले पार्टीलाई आगामी तीनै तहको निर्वाचनमा एक नम्बरको बनाउने घोषणा गरेका छन्।

कांग्रेसको १४औं महाधिवेशनमा आफ्नो समूहबाट विजयी भएका र पराजित भएकाहरूको भेलामा कोइरालाले सो घोषणा गरेका हुन् । अनामनगरस्थित होटल बसेरामा आयोजित भेलामा उनले पार्टीको केन्द्रीय कार्यसमितिमा निर्वाचन र मनोनयन दुवै माध्यमबाट पुगेका नेताहरूलाई बधाई दिँदै उनले सबैको एउटै जोड कांग्रेसलाई एकढिक्का बनाउनुपर्ने रहेको पनि बताए ।

कोइरालाले महाधिवेशनपछि सभापति शेरबहादुर देउवाले मनोनयन गरेका १३ जना केन्द्रीय सदस्यहरू कुन मापदण्डअनुसार मनोनयन भएका हुन् त्यो जान्न चाहेको उल्लेख गरे । ‘महाधिवेशनपछि सभापतिज्यूले मनोनयन गर्नुभएका सबै नेताहरू योग्य र सक्षम नै हुनुहुन्छ । तर, कुन मापदण्डका आधारमा मनोनयन गरिएको हो । यो भने हामी जान्न चाहन्छौं,’ उनले भने ।

सभापति देउवाले दुई पटक गरेर १३ जनालाई केन्द्रीय सदस्य मनोनयन गरेका छन्। उनले आफूलाई सघाएका नेताहरुलई मनोनित गरेका थिए।

डा कोइरालाले पार्टीलाई विधि र विधानअनुसार सबैको रायसुझावका आधारमा चलाउन नसकिए दुर्घटनामा पर्ने पनि बताए । उनले आगामी निर्वाचनलाई मध्यनजर गरेर आफूहरू देशव्यापी रूपमा जनतामाझ जाने पनि घोषणा गरे ।

भेलामा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, चन्द्र भण्डारीलगायतका नेताहरू सहभागी थिए ।

 

प्रकाशित मिति : २१ पुस २०७८, बुधबार  ४ : १० बजे

आज २०८३ साल भदौ १५ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १५ गते सोमबार सन् २०२६

भोटेकोशी बाढी : पोखरा ल्याइएका १५ शव आफन्तले बुझे

कास्की – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण मृत्यु

रसुवा बाढीका मृतकको डीएनए परीक्षणमा भारतीय फरेन्सिक टोली सक्रिय

काठमाडौं – रसुवामा आएको विनाशकारी बाढीमा परी ज्यान गुमाएकाहरूको पहिचानका

भारतको सुरुङ उद्धार टोलीद्वारा चिलिमे र लाङटाङ क्षेत्रमा खोज कार्य सञ्चालन

काठमाडौं – भारतीय सुरुङ उद्धार टोलीले आज चिलिमे र लाङटाङ

भोटेकोशी बाढी : आजसम्म २८९ पर्यटकको उद्धार

काठमाडौं – रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर हराएका विभिन्न देशका