प्रधानमन्त्री कपमा प्रदेश–३ को दोस्रो जीत, गण्डकी ७ विकेटले पराजित « Khabarhub

प्रधानमन्त्री कपमा प्रदेश–३ को दोस्रो जीत, गण्डकी ७ विकेटले पराजित


१४ जेठ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय क्रिकेट टोलीका कप्तान र उप कप्तान सम्मिलित प्रदेश-३ ले प्रधानमन्त्री कप एकदिवसिय प्रतियोगितामा दोस्रो जीत हात पारेको छ । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार भएको खेलमा गण्डकी प्रदेशले दिएको १ सय १२ रनको झिनो लक्ष्य २२ ओभर २ बलमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

प्रदेश-३ का लागि अदिल खानले ३८ रन बनाउँदा इशान पाण्डेले २६ रनको योगदान गरे । यस्तै रित गौतमले २० रन बनाउँदा रविन जोशीले ११ रन बनाए । कम रनको लक्ष्य पाएको उक्त खेलमा प्रदेश नम्बर ३ का स्टार खेलाडी तथा कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले मैदान उत्रिनु परेन । प्रदेश-३ विरुद्ध गण्डकीका किशोर महतोले २ तथा विपीन खत्रीले १ विकेट लिए ।

यसअघि पहिले ब्याटिङ गरेको गण्डकीले ३० ओभर १ बलमा सबै विकेट गुमाएर १ सय ८ रन बनाएको थियो । प्रदेश-३ का कप्तान खड्का र सूर्य तामाङको बलिङ चम्केपछि गण्डकी छोटो योगफलमा समेटिएको थियो ।

गण्डकीका लागि सुम घिमिरेले ३४ रन बनाउँदा आकाश थापाले २८ रन बनाए । गण्डकीविरुद्ध प्रदेश–३ का कप्तान खड्का र सूर्य तामाङले समान ४-४ विकेट लिए । यस्तै, नन्दन यादवले २ विकेट लिए । जीतसँगै प्रदेश-३ ले ३ खेलबाट ४ अंक जोडेको छ ।

प्रकाशित मिति : १४ जेठ २०७६, मंगलबार  २ : ३६ बजे

दार्चुलाको मार्मामा एनसेलको नयाँ टावरसहित फोरजी सेवा सञ्चालनमा

काठमाडौं– एनसेलले दार्चुलाको मार्मा गाउँपालिकामा नयाँ मोबाइल टावर जडान गरी फोरजीलगायतका दूरसञ्चार

गायिका तथा टुङ्ना वादक फुटी शेर्पा अन्तर्राष्ट्रिय सम्मानद्वारा सम्मानित

काठमाडौं– काठमाडौंस्थित राष्ट्रिय नाचघरमा मंगलबार आयोजित गान्धी अन्तर्राष्ट्रिय प्रेरणा पुरस्कार–२०२६ नेपाल कार्यक्रममा गायिका

 वार्षिक प्रतिवेदन कोशी प्रदेशसभामा पेस गर्ने निर्णय

विराटनगर– कोशी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले प्रदेश योजना आयोगको

मृतकका परिवारलाई गाउँपालिकाको एक लाख राहत

बागलुङ– पहिरोमा परी बागलुङको ताराखोलामा ज्यान गुमाएका तीन जनाको परिवारलाई

साउदी अरबद्वारा नेपाललाई मानवीय सहायता सामग्री हस्तान्तरण

काठमाडौं– साउदी अरबले राजा सलमान मानवीय सहायता तथा राहत केन्द्र