महादेवको मूर्ति बनाउन महापुराणको सहारा « Khabarhub

महादेवको मूर्ति बनाउन महापुराणको सहारा


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा– महायज्ञ लगाएरै महादेव मूर्ति बनाउन थालिएको कास्कीको पुम्दीकोट अहिले पर्यटकीय गन्तब्यको रूपमा विकास हुँदै गएको छ । पोखरा आउने अधिकांश पर्यटक पुम्दीकोट पुगेर फर्किन्छन् । तर मूर्ति निर्माणको काम भने सकिएको छैन ।

हालसम्म आधा काम मात्रै पूरा भएको र बाँकी काम पूरा गर्न आर्थिक अभाव भएको निर्माण समितिले जनाएको छ । अपुग रकमको जोहो गर्न आयोजकले महापुराण लगाउन तयारी थालेको छ ।

८ माघदेखि शिवपुराण लगाइने कोट विकास समितिका अध्यक्ष चन्द्रकान्त बरालले जानकारी दिए । योजनाअनुसारको काम सक्न अझै २० करोड आवश्यक पर्छ । हालसम्म २० करोडभन्दा बढीको काम भइसकेको उनले बताए । बाँकी रहेका काम सक्ने र थप योजनासमेत सार्वजनिक गरिएको छ ।

‘सुरुमा २० करोडको काम गर्ने भनेर योजना अघि बढेको छ । आवश्यक्ताअनुसार संरचना थप्दै जाँदा २० करोड लागत बढेको छ,’ उनले भने, ‘अहिलेसम्म ५० प्रतिशत काम सकियो । बाँकी काम पुराण लगाएर सक्छौं ।’

हालसम्म मूर्ति र डमरु निर्माण, कुण्ड, १०८ धारा, अन्तर्राष्ट्रिय ध्यान केन्द्र, शिवलिंग, स्वर्गद्वारी सिंढी, शौचालयसहित प्रशासकीय भवन, फूलमाला बिक्री कक्ष, कम्पाउन्ड वाल, पहुँच मार्ग निर्माण भइसकेको छ । अब सुमेरु पर्वत निर्माण, गणेश परिक्रमा, मोनोरेल निर्माणलगायत कार्यक्रम थप्ने तयारी गरिएको छ ।

यसैका लागि माघ ८ देखि १८ माघसम्म शिव महापुराण आयोजना गर्न लागिएको बरालले बताए । काम भएका योजनाको समेत चार करोड हाराहारी रकम तिर्न बाँकी रहेको पुम्दीकोट समितिले जनाएको छ । ‘एक करोड सहकारीमा ऋण छ । मान्छेका जग्गा राखेर ऋण निकालेका छौं । कसैसँग सापट मागेर चलायौं । कतै पसलमै तिर्न बाँकी छ,’ उनी भन्छन्, ‘यसैगरी चलिरहे धुर्मुस सुन्तलीको जस्तो अवस्था हुन्छ । हामी अहिले नै सचेत हुनुपर्ने भयो ।’ निर्माण नसकिँदै अहिले दैनिक बढीमा सात हजारजनासम्म पर्यटक पुग्ने गरेका छन् । टिकटको व्यवस्था छैन ।

महायज्ञका लागि समिति अध्यक्ष चन्द्रकान्त बरालको संयोजकत्वमा एक हजार आठ सदस्यीय मूल आयोजक समिति गठन भएको छ भने ३८ उपसमिति बनाइएको छ । यसअघि ३–१३ फागुन २०७३ सम्म पहिलो शिव महापुराण लगाइएको थियो ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  १ : ०० बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण