धरानका मुख्य खानेपानीको ट्रंक लाइनको मर्मत सुरु « Khabarhub

धरानका मुख्य खानेपानीको ट्रंक लाइनको मर्मत सुरु


२२ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान–धरान खानेपानी व्यवस्थापन बोर्डले चारेकोशे जंगल क्षेत्रबाट ल्याईने खानेपानीको मूख्य ट्रंक लाईन (पाईप)मा लिकेज भएपछि त्यसको रोकथाम गर्नका लागि आजदेखि मर्मत कार्य सुरु गरेको छ ।

बोर्डका अनुसार खानेपानीका ट्रंक लाईन पुरानो फुटेको भएको कारणले गर्दा लिकेजको समस्या भएको हो । चारकोशे जंगलको १ नं. वेल हाउसको मुख्य ट्रंक लाईनमा स्लुईस भल्भ बिग्रिएर खानेपानी चुहावट भएको कारण ट्रंक लाईनमा नयाँ स्लुईस भल्भ राख्नका लागि बिहीबार बिहानैदेखि काम थालिएको बोर्डका कार्यकारी निर्देशक राजु पोखरेलले बताए ।

चारकोशे जंगलबाट ल्याईने मूख्य ट्रंक लाईनको पाँच स्थानमा लिकेज भएको छ भने धरान क्षेत्रको बरगाछी चौक र धनकुटे रोडमा लिकेज भएको छ । उक्त स्थानमा वेल्डिङ गरेर लिकेज बन्द गर्ने कार्य धमाधम सुरु गरिएको पनि पोखरेलले जनाए । उनका अनुसार २४ घण्टाभित्र मर्मत कार्य सकिने छ । फुटेको ट्रंक लाईनमा वेल्डिङ गरिसकेपछि १० देखि २० प्रतिशतसम्म पानीको उत्पादन बढ्नेछ ।

खानेपानी लिकेज भएको मूख्य ट्रंक लाईनको मेयर तिलक राईले बिहीबार स्थलगत रुपमा अनुगमन गर्नु भएको छ । अनुगमनको क्रममा बोर्डका अध्यक्षसमेत रहेका मेयर राईले लिकेज भएको स्थानको चाँडै मर्मत कार्य सक्न निर्देशन दिएका छन् ।

यस्तै, ८ नं. वेल हाउसमा जडान गरेको एक महिना नबित्दै मोटर जलेको कारण समस्या भएको बोर्डका इञ्जिनियर प्रशान्त अधिकारीले जानकारी दिए ।

उनले त्यहाँ नयाँ मोटर जडान गर्नका काम सुरु भएको बताए । उनले जंगल क्षेत्रमा रहेको वेल हाउसमा राखिएको ट्रान्सफर्मरहरु सुरक्षित नभएको बताउँदै अहिले ४ वटा वेल हाउसमा अर्थिङ लगाईसकिएको जनाए । बाँकी २ वटा वेल हाउसमा अर्थिङ लगाउने कार्य भईरहेको उनले जानकारी दिए ।

प्रकाशित मिति : २२ पुस २०७८, बिहीबार  ३ : ४५ बजे

टिपरको ठक्करबाट एक जनाको मृत्यु

पर्सा– टिपरको मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

परराष्ट्रमन्त्रीसँग दक्षिण कोरियाका विदेशमन्त्रीको भेट, भोटेकोशी बाढीबारे छलफल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र दक्षिण कोरियाका विदेशमन्त्री चो ह्युनबीच

काठमाडौंमा आयो ८७ हजार ग्यास सिलिन्डर, सार्वजनिक बिदामा ‘रिफिलिङ’ र ढुवानी नियमित गरिने

काठमाडौं– पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा सडक भासिएपछि पछिल्ला तीन दिनमा

सरकारको देखाउन गृहमन्त्रीले पनि लिए एआई फोटोको सहारा

काठमाडौं- सरकारको कामको प्रचार गर्न राष्ट्रिय स्वतन्त्र पार्टीका नेता-कार्यकर्ता सामाजिक

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं– भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका बाबजुद सम्पूर्ण