एरेन्ज म्यारिजबाट बचाऊ भन्दै विलबोर्डमा आफ्नै विज्ञापन गरेर प्रेमिकाको खोजी « Khabarhub

एरेन्ज म्यारिजबाट बचाऊ भन्दै विलबोर्डमा आफ्नै विज्ञापन गरेर प्रेमिकाको खोजी


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– विवाहका लागि अधिकांश मानिसले डेटिङ एप्स वा म्याचमेकिङ वेबसाईटको सहयोग लिन्छन् । अथवा कोहीले साथीको सहयोगमा प्रेमिका छनौट गर्छन् । तर, बेलायतका मुहमद मलिकले भने अनौठो उपाय रोजेका छन् ।

२९ वर्षीय मलिकले भने भावी दुलही खोज्न बेलायतको प्रख्यात सहर ब्रिमिङघाममा बिलबोर्डमा प्रचार नै गरेका छन् । उनले बिलबोर्डमा आफ्नै तस्बीर राखेका छन् । ‘मलाई एरेन्ज म्यारिज हुनबाट बचाउ,’ विलबोर्डमा उनले लेखेका छन् । बोर्डमा उनले आफ्नो वेबसाईटको नाम पनि लेखेका छन्, ताकी हुनेवाला दुलहीले उनीसँग सम्पर्क गर्न सकून ।

उनको छुट्टै वेबसाईट पनि छ । भिडियोको नाम नै ‘फाइन्ड मलिक अ वाईफ’ अर्थात मलिकलाई पत्नि खोज भन्ने छ । आफू एक उद्यमी, खानेकुराप्रेमी, धार्मिक प्रवृत्तिको बताएका छन् ।

‘मैले विवाहका लागि अहिलेसम्म उपर्युक्त कन्या पाइन् । केटी खोज्न गा¥हो भयो । त्यही भएर विलबोर्डमा आफ्नै विज्ञापन गरेको हुँ,’ आफ्नो अस्वभाविक तरिकाबारे उनले वेबसाइटमा उनले लेखेका छन् ।

आफू व्यक्तित्व र विश्वासमा चासो राख्ने भन्दै विलबोर्डको धारण ठट्टा नभएको उनले बताएका छन् । आफू एरेन्ज म्यारिजको विपक्षमा भने नरहेको उनको भनाइ छ । ‘विभिन्न मुस्लिम संस्कारमा एरेन्ज म्यारिजको आफ्नै स्थान र परम्परा छ,’ उनले वेबसाइटमा उनले भनेका छन् ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ११ : ४३ बजे

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

महावै गाउँपालिका जोड्ने सडक स्तरोन्नति गरिँदै

कालीकोट– कालीकोटको महावै गाउँपालिकाको केन्द्र जोड्ने सडक स्तरोन्नति गरिने भएको