अन्तरिक्षमा आफ्नो अनुभव सुनाउँदै जापानका अर्बपति मइजवा भन्छन्– बुलेट रेलमा चढेजस्तै लाग्याे « Khabarhub

अन्तरिक्षमा आफ्नो अनुभव सुनाउँदै जापानका अर्बपति मइजवा भन्छन्– बुलेट रेलमा चढेजस्तै लाग्याे


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

टोकियो– अन्तरिक्षमा १२ दिन बिताएर गत महिना पृथ्वीमा फर्किएका जापानका अर्बपति युसाकु मइजवाले रोलकोस्टर चढेर पृथ्वीमा पागल हुनुभन्दा अन्तरिक्षमा रहनु आनन्दमय भएकाे बताएका छन् ।

४६ वर्षीय मइजवा यही डिसेम्बरमा अन्तरिक्षमा पुगेका थिए । उनी पछिल्लो एक दशकभित्र अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेसनमा पुग्ने पहिलो अन्तरिक्ष पर्यटक हुन् ।

‘जब तपाई अन्तरिक्षमा जानुहुन्छ, तपाईलाई पृथ्वीमा दिक्क लाग्छ,’ उनले भने, ‘तपाई आभारी हुनुपर्छ कि अन्तरिक्षमा पनि हावा, गन्ध र मौसम हुन्छन् ।’

उनले अन्तरिक्षमा शून्य गुरुत्वाकर्षणमा चिया बनाउनेदेखि भित्री वस्त्रको अभावजस्ता विषयमा सामाजिक सञ्जालमा आफ्ना फलोअर्स अनुभव साटेका थिए । आफूलाई अन्तरिक्षमा कहिल्यै त्रास अनुभूति नगरेको उनले बताएका छन् ।

पृथ्वीबाट अन्तरिक्षमा जाने क्रममा आफूले निकै आनन्द महशुस गरेको उनले बताए । ‘बुलेट रेलमा यात्रा गरेजस्तै अनुभव भयो । झ्यालबाट बाहिर हेरेपछि मात्र अन्तरिक्षतर्फ लागेको अनुभूति भयो ।’

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ४ : ०० बजे

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ? 

काठमाडौं– स्थानीय बजारमा बुधबार सुनको मूल्य उकालो लागेको छ । 

रुपन्देही–३ मा कांग्रेसबाट खाणसहित ६ जना सिफारिस

रुपन्देही– नेपाली कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य

सर्वोच्चको आदेशपछि प्राधिकरणमा फर्किए हितेन्द्र

काठमाडौं – सर्वोच्च अदालतको आदेशसँगै नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं– साताको चौथो कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेपाल

भन्सार एजेन्टको आन्दोलनले ‘जाँचपास’ रोकियो

पर्सा– भन्सार ‘एजेन्ट’को आन्दोलनले भन्सार जाँचपास प्रभावित भएको छ ।