जीत हासिल गर्नका लागि जो अगाडि छ, उसको अनुशरण गर्नुस् « Khabarhub

जीत हासिल गर्नका लागि जो अगाडि छ, उसको अनुशरण गर्नुस्


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अब तपाईंले सबै कुरालाई जम्मा गर्नुभएको छ ? तपाईंले अगाडिको मानिसको अनुशरण गर्नुपर्छ । तपाईंले आफूले चाहे अनुसार बन्ने प्रयत्न गर्नुपर्छ ।

यो वास्तवमा नाटक होइन, बरु प्रशिक्षण हो । यदि तपाईंले अगाडिको मानिसको अनुशरण गर्न सक्नुहुन्न भने मन्चबाट ओर्लिनुस् ।

यो नियम नाटकबाजको लागि होइन । यो त वास्तवमै मिहिनेती, गुणी, नैसर्गिक प्रतिभाको धनीको लागि हो । जो मिहिनेत गर्न तथा लामो समयसम्म मिहिनेत गर्नको लािग तयार हुन्छ ।

त्यस पदको अध्ययन गर्नुहोस् जहाँसम्म तपाईं पुग्न चाहनुहुन्छ । त्यसमा अहिले को छन् ? तपाईंले ती व्यक्तिको बारेमा सोच्ने बानी गर्नुस् जो तपाईंको पदमा पहिले नै रहिसकेका छन् । उनले त्यसलाई कसरी सम्हालिसकेका छन् ?

आफूभन्दा वरिष्ठ व्यक्तिको मूल्यांकन गर्न सिक्नुहोस्, त्यसै प्रकारले जसप्रकारले उनले तपाईंको मूल्यांकन गर्दछन् । तपाईंको बोसले कसरी काम गर्दछन् । यसबारेमा शिकायत या आलोचना उठाउनुहोस् ।

ध्यान दिनुहोस् कि उनले कहाँ गल्ती गरेका छन् । तपाईंले त्यस्तो गल्ती नगर्ने सपथ लिनुस् । उनले कुन कुन राम्रो तरिकाले गर्दछन् । त्यसमा ध्यान दिनुहोस् । तुरुन्त उनको स्मार्ट पाइलाको अभ्यास शुरु गरिदिनुहोस् ।

यदि तपाईं उनको ठाउँमा पुग्न चाहनुहुन्छ भने तपाईंसँत सही तौर–तरिका, सही कोड, सही बोल्न तरिका, काम गर्ने सही तरिका, सही प्रतिक्रिया तथा सही दृष्टि हुनुपर्दछ । तपाईंलाई यी सबै तब प्राप्त हुन्छन् जब तपाईंले यी चार योजना अनुशरण गर्नको लागि थोरै समय निकाल्नुहुन्छ ।

हेर्न

सिक्न

अभ्यास गर्न

आत्मसात गर्न

यदि तपाईं यी चार काम गर्नका लागि तयार हुनुहुन्छ भने तपाईं साँच्ची नै उड्न थाल्नुहुन्छ । तपाईंले यी सब तपाईंले के गरिरहनुभएको छ भन्ने कसैलाई थाहा हुँदैन । साथै तपाईंले आफ्नो दैनिक कार्यलाई पनि सहीरुपले गर्नुपर्छ । याद राख्नुहोस् यो कार्य त्यति सहज भने पक्कै पनि छैन ।

साभार: ‘तपाईंको जीत’ पुस्तकबाट

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  १२ : ४२ बजे

राष्ट्रियसभा : बालिका माथि हुने बलत्कारका घटना कम गर्न विद्यालय तहमा यौन शिक्षा दिन माग

काठमाडौं– राष्ट्रियसभाको आजको शून्य समयको बैठकमा सभाका सदस्यहरूले मुलुकको समसामयिक

भक्तपुरमा ‘ताहासा’ बनाउन बाँसको व्यापार सुरु

भक्तपुर– भक्तपुरमा ताहासा निर्माण गर्न बाँसको व्यापार सुरु भएको छ

१५० दिनमै प्रधानमन्त्री बालेन कमजोर बनेको इन्डिया टुडेको दाबी

काठमाडौँ – नेपालका प्रधानमन्त्री वालेन्द्र ‘बालेन’ शाहको नेतृत्वबारे भारतीय सञ्चारमाध्यम

सुनचाँदीको मूल्यमा गिरावट, कतिमा भइरहेछ कारोबार ?

काठमाडौँ– नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको छ

ओखलढुंगाको तीनछाँगे झरना पर्यटकको पर्खाइमा

ओखलढुङ्गा- ओखलढुङ्गाको सुनकोशी गाउँपालिका–९ ककनीमा रहेको तीनछाँगे झरना पर्यटकका पर्खाइमा