बैंककै कर्मचारीको मिलेमतोमा १६ लाख चोरी, चार पक्राउ « Khabarhub

बैंककै कर्मचारीको मिलेमतोमा १६ लाख चोरी, चार पक्राउ


२३ पुस २०७८, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कर्मचारीकै मिलेमतोमा एनआईसी एसिया बैंकको लाखौँ रुपयाँ चोरी भएको पाइएको छ । महानगरीय प्रहरी परिसरका अनुसार उक्त बैंकको नगद सङ्कलक काठमाडौँको काँडाघारी बस्ने प्रदीप खत्रीसहितका चार व्यक्तिलाई पक्राउ गरेपछि उक्त रहस्य खुलेको हो ।

उनले काठमाडौँ महानगरपाकिला–१० को कार्यालयबाट रु १२ लाख ४५ हजार र मेट लाइफ इन्योरेन्स शान्तिनगरबाट तीन लाख पचासी हजार गरी रु १६ लाख ३० हजार बैंक दाखिला गर्न जाने क्रममा लुटपाट भएको भनी प्रहरीमा सूचना प्राप्त भएको थियो । सो घटना पुस १८ गतेको हो ।

सोही आधारमा प्रहरी वृत्त बानेश्वर र महानगरीय अपराध महाशाखाको संयुक्त टोलीबाट अनुसन्धान गर्दा खत्रीमाथि शङ्का लागेपछि पक्राउ परेका थिए । उनीमाथिको अनुसन्धानमा मिलेमतोमा उक्त नगद चोरी गरी भागबण्डा गरेको फेला परेको प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

प्रहरीले चोरीमा सङ्लग्न खत्रीसहित ललितपुर धापाखेल बस्ने वर्ष २४ को विमल तामाङ, रामेछाप घर भई ललितपुर बस्ने राज पौडेल र अनिश खड्कालाई पक्राउ गरेको शुक्रबार एक सूचना जारी गरी जनाएको छ । उनीहरूले सबै पैसा भागबण्डा लगाएर बाँडेको फेला परेको जानकारी दिँदै प्रहरीले अहिलेसम्म १३ लाख ४६ हजार फेला परेको र दुई लाख ८२ हजार भने खर्च गरेको जनाएको छ।

प्रकाशित मिति : २३ पुस २०७८, शुक्रबार  ९ : ०० बजे

वृद्ध महिलाको घाँटीबाट तिलहरी लुट्ने सुनार पक्राउ

काठमाडौं – काठमाडौं गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा वृद्ध महिलाको घाँटीबाट सुनको

सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहाल सेवाबाट हटाइए

काठमाडौं – सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) वंशीराज दाहाललाई सेवाबाट

चाडपर्वमा यात्रु ठग्नेलाई कारबाही गर्न सभापति गजुरेलको निर्देशन

काठमाडौं – प्रतिनिधीसभाअन्तर्गतको पूर्वाधार विकास समितिका सभापति आशिष गजुरेलले चाडपर्वको

गण्डकी र लुम्बिनी प्रदेशमा सूचना महामार्ग परियोजना कार्यान्वनयका लागि सम्झौता

काठमाडौं– गण्डकी र लुम्बिनी प्रदेशका १९४ स्थानीय तहमा उच्च गतिको

कानुनमन्त्री गौतम र फ्रान्सेली राजदूतबीच शिष्टाचार भेट, भोटेकोशी बाढीको क्षतिप्रति समवेदना

काठमाडौँ – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमसँग नेपालका