साउदी राजकुमारी तीन वर्षपछि जेलमुक्त « Khabarhub

साउदी राजकुमारी तीन वर्षपछि जेलमुक्त


२४ पुस २०७८, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रियाद– साउदी अरबकी राजकुमारी र उनकी छोरी तीन वर्षपछि शनिबार जेलमुक्त भएका छन् । राजधानी रियादमा रहेको जेलबाट उनीहरुलाई सरकारी अधिकारीहरुले मुक्त गरिदिएको मानव अधिकारवादी समूहले जनाएको छ ।

साउदी अरबको राज परिवारकी सदस्य ५७ वर्षीया बस्मा बिन्त साउद महिला अधिकारवादी र संवैधानिक राजतन्त्रका पक्षपातिको रुपमा चिनिन्छन्। उनलाई सन् २०१९ को मार्चमा गिरफ्तार गरिएको थियो । उनको स्वास्थ्यमा समस्या आएकाले पर्याप्त स्वास्थ्य उपचारका लागि भन्दै उनलाई रिहा गरिएको बताइएको छ तर यस बारेमा सरकारी अधिकारीहरुले भने कुनै प्रतिक्रिया दिएका छैनन् ।

उनलाई त्यति बेला उपचारका लागि स्वीजरल्याण्ड जाने तयारी गरिरहेका बेला प्रस्थान गर्नु केही दिन अगाडि मात्रै पक्राउ गरिएको थियो । उनको स्वास्थ्य समस्या के हो भन्ने बारेमा पनि प्रष्ट जानकारी दिइएको छैन । एजेन्सी

प्रकाशित मिति : २४ पुस २०७८, शनिबार  १० : १० बजे

कर्णाली सरकारका नवनियुक्त तीन मन्त्रीद्वारा शपथ ग्रहण

कर्णाली – कर्णाली प्रदेश सरकारका नवनियुक्त तीन मन्त्रीहरूले पद तथा

सन्तोष राईको शव ल्याउने खर्च सरकारले व्यहोर्ने, आशिकाले दिइन् धन्यवाद

काठमाडौं – वैदेशिक रोजगारीका क्रममा निधन भएका धादिङका सन्तोष राईको

विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ : गृहमन्त्री

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले विपद् व्यवस्थापन आफ्नो मन्त्रालयको प्राथमिक जिम्मेवारी भएकाले

‘दुर्गा प्रसाईंको राजनीतिक स्वार्थले धर्नारत नागरिकको जीवन संकटमा’

काठमाडौं– ललितपुरको पुल्चोकस्थित राष्ट्रिय मानवअधिकार आयोग अगाडि विगत ६ दिनदेखि