एमाले अधिवेशन : २० जिल्लामा नेतृत्व चयन, अधिकांश जिल्लामा निर्वाचन हुँदै « Khabarhub

एमाले अधिवेशन : २० जिल्लामा नेतृत्व चयन, अधिकांश जिल्लामा निर्वाचन हुँदै


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – नेकपा एमालेको ६१ जिल्लामा शुक्रबारदेखि जारी अधिवेशनमार्फत नेतृत्व चयनको प्रक्रिया चलिरहेको छ ।

केन्द्रको निर्देशनअनुसार केही जिल्लामा सहमतिमा नेतृत्व चयन गर्ने प्रयास भए पनि अधिकांश जिल्लामा निर्वाचन हुँदैछ । आन्तरिक विवाद र भौगोलिक कठिनाइका कारण १६ जिल्लाको अधिवेशन पछि हुनेछ ।

एमाले केन्द्रीय सदस्य विष्णु रिजालकाअनुसार आज (आइतबार) बिहान ७ बजेसम्म २० जिल्ला र २ विशेष जिल्ला कमिटीमा नेतृत्व चयन भइसकेको छ।

हेर्नुहोस् कुन जिल्लामा को चुनिए ?

१. झापा- दीपक कार्की
२. पाल्पा- धनेन्द्रराज घिमिरे
३. दाङ- हुकुमबहादुर बस्नेत
४. डोल्पा- शेरबहादुर बुढा
५. सल्यान- गोविन्द पुन
६. बर्दिया- लालबहादुर श्रेष्ठ
७. बॉके- किस्मतकुमार कक्षपति
८. धादिङ- भूमि त्रिपाठी
९. अर्घाखाँची- पीताम्बर भुसाल
१०. मोरङ- ऋषिकेश पोखरेल
११. काभ्रे- अशोक ब्याञ्जु
१२. भक्तपुर- बचन देउजा
१३. गुल्मी- बालसिंह काउछा
१४. खोटाङ- रामप्रसाद दंगाल
१५. सप्तरी- ताराकान्त चौधरी
१६. तनहुँ- श्रीप्रसाद श्रेष्ठ
१७. धनकुटा- इन्द्रमणि पराजुली
१८. रसुवा- कर्णेल लामा
१९. नवलपरासी (पश्चिम)- दीपेन्द्र अधिकारी
२०. कपिलवस्तु- डम्बर शर्मा

विशेष जिल्ला कमिटी
१. मजदुर विशेष- जितेन्द्र श्रेष्ठ
२. पेसागत विशेष- उमेश ढकाल

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ८ : ४३ बजे

काठमाडौंमा वर्ल्डकप क्रेज

काठमाडौं– सात समुद्रपारि अमेरिका, क्यानडा र मेक्सिकोमा भइरहेको फुटबल विश्वकपले

११ जिल्लामा बर्ड फ्लु : ५ लाख बढी कुखुरा नष्ट

काठामाडौँ– देशका विभिन्न ११ जिल्लामा बर्ड फ्लु (एभियन इन्फ्लुएन्जा) संक्रमण

तातो हावाको लहर कायमै रहने सम्भावना

काठमाडौं– देशका पश्चिमी तराई क्षेत्रमा तातो हावाको लहर (हिटवेभ) को

थलथलेमा खानेपानीको समस्या हट्यो,३३ घरमा ‘एक घर, एक धारा’ जडान

भोजपुर– यहाँको थलथले खानेपानी आयोजनामार्फत ३३ घरमा ‘एक घर, एक धारा’

अवरुद्ध बेनी–जोमसोम सडक १२ घण्टापछि खुल्यो 

म्याग्दी– सडकमा थुप्रिएको ढुङ्गा पन्छाएपछि म्याग्दीको उत्तरी क्षेत्र हुँदै मुस्ताङलाई