संसारमै उत्कृष्ट ठानिएको ‘भूमध्य सागरीय डाइट’ | Khabarhub Khabarhub

संसारमै उत्कृष्ट ठानिएको ‘भूमध्य सागरीय डाइट’


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : 4 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– खानेकुराका आफ्नै पारखी हुन्छन् । आफ्नै सोख हुन्छ । यी पारखी र खानेकुराको सौखिनका लागि स्वास्थ्यभन्दा तत्काल जिब्रोले ग्रहण गर्ने स्वाद महत्त्वपूर्ण हुन सक्छ । तर, जिब्रोको स्वादलाई दिइने प्राथमिकता नै हाम्रो शरीरका लागि घातक साबित हुन सक्छ ।

युएस न्युज एन्ड र्वल्ड रिपोर्टले वर्षको उत्कृष्ट  डाइटको चयन गर्ने गरेको छ । विभिन्न देशका  संस्कृति अनुसारको विभिन्न प्याकेजलाई यो वरीयतामा समावेश गरिएको छ । यसवर्ष सबैभन्दा उत्कृष्ट डाइट ‘ भूमध्य सागरीय डाइट ’ चयन भएको छ ।

‘भूमध्य सागरीय डाइट’ उत्कृष्ट ठहरिएको यो लगातार पाँचौँपटक हो । यसको मतलब अब आउने वर्ष पनि धेरैका लागि यसै डाइट उपयुक्त मानिएको छ । उपयुक्त यस अर्थमा हो कि यो स्वास्थ्यमा लागि अत्यन्त उपयोगी, सन्तुलित तथा स्वादका लागि पनि राम्रो ठहर भएको छ ।

दोस्रो स्थानमा ‘फ्लाक्स डाइट ’र ‘फ्लेक्सेटेरियन डाइट ’ छन् । ड्यास डाइट तनाव नियन्त्रणका लागि उपयुक्त ठहर गरिएको छ । फ्लाक्सीटेरियन डाइटले शाकाहारी खानालाई प्रेरित गर्छ । तर, दैनिक एक पटक बर्गर खानसम्मलाई उपयुक्त ठहर गर्दै यो प्याकेज तयार भएको हो ।

यी तीनै डाइटमा प्रशोधित खानेकुरालाई हटाइएको छ । फलफूल, साग सब्जी, गेडागुडी, दाल, अन्न , बदाम र बियाँलाइ राखिएको हुन्छ । अमेरिकी न्युज एन्ड र्वल्ड रिपोर्टकी स्वास्थ्य तर्फकी प्रबन्ध सम्पादक ग्रटेल स्कुलरले यी तीनै डाइटको आफ्नै खाले महत्त्व र विशेषता भएको बताएकी छिन् । उनी नै यो वरीयता निर्धारण गर्ने टिमको प्रमुख हुन् । यी तीनै डाइट मानिसलाई तन्दुरुस्त, लचिलो शरीर र  स्वास्थ्य बनाउन सहयोगी हुने छ भने दिनभरि कुनै काम गर्न प्रेरित गर्ने गरेको छ ।

स्कुलरकै विचारमा यी सबै डाइट सुरक्षित छन् । सचेत छन्, र स्वास्थ्य विज्ञानले भने जस्तै गरी पकाइएका छन् । अवार्ड विजेता डाइटका संयोजनकर्ताले प्रशस्त क्यालोरीका साथै तरकारीमा बढी ध्यान दिएका छन् । साथै फलफूल, अन्न दाल, डेरी उत्पादनलाई पनि त्यत्तिकै प्राथमिकता दिएका छन् ।

उनकै विचारमा डाइट छनोट गर्नु भन्दा अघि आफ्नो स्वास्थ्यको अवस्था अनुसार कुन खाना  उपयुक्त हुने तथा कुन खाना अनुपयुक्त हुने भनेर चिकित्सकको सल्लाह लिनु  उपयुक्त हुनेछ ।

स्कुलर पनि खाना मजा र रमाइलोको लागि नभई शरीरका लागि भएकाले यसैमा सबैले ध्यान दिनु उपयुक्त भएको बताउँछिन् । साथै हाम्रो रोग प्रतिरक्षा प्रणालीलाई अझ मजबुत बनाउनका लागि महामारी कालमा त यसको आवश्यकता अझ बढी देखिएको छ ।

‘भूमध्य सागरीय डाइट’का केही विशेषता छन् । बोटबिरुवामा आधारित यो उत्कृष्ट डाइट संयोजन हो । साथै यो पचाउनका लागि सबैभन्दा उपयुक्त मानिएको छ । यसलाई सबैभन्दा स्वास्थ्यकर भएको पनि ठहर गरिएको छ । साथै मधुमेहका बिरामीका लागि यो सबैभन्दा उपयुक्त ठानिएको छ ।

यस डाइट संयोजन या प्याकेजका बारे भएका अनगिन्ती अध्ययनले मधुमेह मात्र नभई उच्च कोलेस्ट्रोल, पागलपन ,स्मरण शक्ति हराउने, निराशा र स्तन क्यान्सरको जोखिमलाई पनि यसले कम गराउँछ। यो डाइटको प्याकेजलाई अनुसरण गर्नेले खाने शैलीमा पनि ध्यान दिन आवश्यक ठानिएको छ ।

यो प्याकेजमा सामान्य रूपले पकाएको खानेकुरा रहने छन् । यसमा बहुसङ्ख्यक फलफूल र साग सब्जीको मात्रा रहने छ । गेडागुडी र बिउ तथा फलफूलको बिया पनि हामीले नियमित सेवन गर्नै पर्ने हुन्छ । यसमा फर्सी र काँक्रोमा पनि उपयुक्त मान्न सकिन्छ । सामान्य प्याजको तेल खाने कुरामा  प्रयोग आवश्यक ठानिएको छ । अन्य खाने कुरामा भएको भन्दा प्याजको तेलमा रहेको तेल सजिलै पच्ने भएकाले यसलाई उपयुक्त ठानिएको हो ।

मासु खानेका लागि रातो मासुको सामान्य फ्लेभर मात्र सही ठानिएको छ । तीन साना टुक्रा माछा यस डाइटको प्याकेज अन्तरगत छन् । परम्परागत पूर्वेली र पाश्चात्य संस्कृति भन्दा पर रहेर अन्डा लगायत पोल्ट्री उत्पादन थोरै मात्रामा मात्र सेवन गर्नु उपयुक्त ठहर गरिएको छ ।

यो भूमध्य सागरीय स्टाइलका डाइट र त्यहाँको अभ्यास शैलीका बारे सर्वत्र चर्चा हुनु , बहस हुनु र यसलाई अनुसरण गर्नु  उपयुक्त हुन सक्छ । धेरै डाइटीसीयनले परिवारमा बसेर सल्लाह गरेर परिवारलाई नै यस अनुसार चल्न प्रेरित गरे स्वास्थ्यको क्षेत्रमा ठुलो फड्को मार्न सकिने बताएका छन् ।

मुटुको स्वास्थ्यका लागि भूमध्य सागरीय खानालाई ‘ओर्नीस्ट डाइट’ कै बराबरी मानिएको छ । यो प्याकेजको सोच सन् १९७७ मा डाइटीसीयन डा. डियन ओर्नीसले तय गरेका थिए । क्यालिफोर्नियाको गैर नाफा मूलक मेडिसिन रिसर्च इन्स्टिच्युटले यो पत्ता लगाएको हो । पछिल्लो एक अध्ययन अनुसार १० प्रतिशत क्यालोरी मात्र फ्याटबाट प्राप्त हुन्छ । ओर्नीसको सोच अनुसार पनि प्रशोधित खाद्य पदार्थ पूर्ण रूपमा बन्देज गर्नु नै ठिक हुन्छ ।

धेरै विज्ञहरू अन्धाधुन्ध क्लिनिकल परीक्षण भन्दा पनि विज्ञहरूकै सल्लाह अनुसार मुटुको रोगलाई कम गर्न खाद्यान्नको तालीका चयन गर्नु ठिक हुने बताउँछन् । सही खाने कुराको मात्रा मिलाउँदा मुटु रोगको शल्य क्रिया विना नै पनि उपचार सम्भव हुने विज्ञहरूको मत छ ।

सन् १९९० मै ओर्नीसले गरेको एक क्लिनिकल ट्रायलमा सही डाइटले तनाव नियन्त्रण हुने तथा यसका साथमा सही अभ्यास र सामाजिक सहयोग भए धेरै हकसम्म मुटुको रोग आफै निवारण हुने तथ्य पत्ता लगाएको थियो ।

मधुमेहका लागि भूमध्य सागरीय डाइटका साथमा फ्लेक्रियन तथा भेगन डाइटलाई बराबर मानिएको छ । यो प्याकेजमा मासुलाई कम महत्त्व दिइएको छ । कहिलेकहीँ बर्गरसम्मलाई ठिक ठानिएको छ । बिरुवा केन्द्रित यी डाइटबाट मुटुको रोगका साथै मधुमेह र क्यान्सरको जोखिमलाई पनि कम गराउँछ ।

भेगन डाइटको प्याकेजमा कुनै पनि जनावर केन्द्रित डाइटलाई सही ठानिएको छैन । यसमा दूध र अण्डालाई समेत सही ठानिएको छैन । यसमा फ्राई गरेका कुनै पनि तत्त्व समावेश गरिँदैन ।

तौल घटाउनकै लागी यी डाइटको साथमा भोलुमेन्ट्रीक डाइटलाई पनि सही ठानिएको छ । फ्लेक्सेरियन डाइटले अन्य डाइटका केही थप खाने कुरा पनि उल्लेख गरिएको छ । यो स्वरूप अनुसार ब्रेकफास्ट ३ सय क्यालोरी, खाना ४ सय तथा डिनरलाई ५ सय तथा स्न्याक १ सय ५० क्यालोरीको प्याकेज यसमा समावेश गरिएका छन् ।

भोलुमेन्ट्रीक डाइटको काम खाने कुरामा क्यालोरीलाई कम गर्ने हो । यस डाइटमा ८० देखि ९५ प्रतिशत तरल पदार्थ प्रयोग हुन्छ । फलफूल र दहीलाई उपयुक्त मानिन्छ ।

कार्डीयोलोजीस्ट डा. रोबर्ट एटकीन्सले १९७२ मा तयार गरेको एटकीन्स डाइटलाई अर्को महत्त्वपूर्ण क्याटोगोरी मानिएको छ । यस डाइटमा कार्बो हाइड्रेडको मात्रा अत्यन्त कम राखिएको हुन्छ  । तौल घटाउनका लागि ‘ओप्टीभिया डाइट’लाई पनि उपयोगी मानिएको छ ।

उत्कृष्ट डाइटको यो बरीयतामा ‘डुकन डाइट ’पुछारमा परेको छ । ‘होल ३०’ लाई पनि कमजोर डाइट मानिएको छ । ‘केटो डाइट’लाई पनि उल्लेख गरिएका डाइटका प्याकेज झैँ भरपर्दो डाइटको रूपमा लिइएको छैन । केटोले आफूलाई परिमार्जन गरेको छ ।

यो परिमार्जित स्वरूप पनि धेरै उच्च कोटीको मानिएको छैन । धेरै डाइटहरु अनुसरण गर्न कठिन भएका कारण डाइटीसीयनले प्रेस्क्राइव गर्ने गरेका छैनन् ।

भूमध्य सागरीय  डाइटलाई उपयोग गर्ने हो भने बोडीको तरकारी सातामा एक पटक अनिवार्य मानिएको छ । यसमा सागहरू धेरै प्रयोग गर्नु पर्ने हुन्छ । खानमा जुनेलो,जौ र फापर उपयुक्त ठहर गरिएको छ । यी अन्न अफ्रिकामा धेरै लोकप्रिय छन् ।

यदि मासुको सेवन गर्ने हो भने थोरै मात्रामा मात्र प्रयोग गर्न सकिने छ । सिजन अनुसार खाना पछिको फलफूल अनिवार्य मानिएको छ । फलफूल खाने समयमा अनारको जुसमा अलिकति मह मिसाउँदा यो उपयुक्त हो ।

दही र भुईँ कटहर तथा अन्य केही फलफूल महसङ खान सकिन्छ । यी मध्य एभोगार्डो नछुटाए अझ उत्कृष्ट ठहरिने छ । बाख्राको चिज र केही बदाम राखेर खाना बनाउनु त उपयुक्त हो ।

भूमध्य सागरीय  डाइटको प्याकेजले सायद हामीलाई स्वस्थ, निरोगी, बलवान र बुद्धिमान पनि बनाउने छ ।

 

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  १० : १५ बजे

‘काँटा लगा’ मोडल शेफालीको अन्त्येष्टि गरियो, पोस्टमार्टम रिपोर्ट आउन बाँकी

काठमाडौं – बलिउड नायक सलमान खान र अक्षय कुमार अभिनीत

विद्या सक्रिय हुँदा मदनमाथिका आरोप किन उप्काए केपीले ?

काठमाडौँ – प्रमुख सत्तारूढ नेकपा (एमाले) मा दुईलाइन शक्ति सङ्घर्ष

विद्वान गुरुङ नेतृत्वको तरुण दल तदर्थ समिति भंग गर्न माग राख्दै पार्टी कार्यालयमा आमरण अनसन

काठमाडौं– महाधिवेशन गर्न असक्षम रहेको भन्दै तरुण दलको तदर्थ समिति

प्रतिनिधिसभा : सरकार संसद्प्रति जबाफदेही हुनुपर्छ

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले सरकार संसद्प्रति जबाफदेही हुनुपर्नेमा जोड

प्रहरी सेवाका कार्यालय सहयोगीदेखि हवलदारसम्मलाई आधारभूत तह भनौँ : गृहमन्त्री लेखक

काठमाडौं– गृहमन्त्री रमेश लेखकले नेपाल प्रहरीमा कार्यालय सहयोगीदेखि हवलदारसम्मलाई ‘आधारभूत