कतारमा ३४ सयभन्दा बढी नयाँ संक्रमित थपिए, स्वास्थ्य मापदण्ड पालना नगर्ने ११ सय बढी कारबाहीमा « Khabarhub

कतारमा ३४ सयभन्दा बढी नयाँ संक्रमित थपिए, स्वास्थ्य मापदण्ड पालना नगर्ने ११ सय बढी कारबाहीमा


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– रोजगारीका लागि नेपाली श्रमिकहरुको प्रमुख गन्तब्य रहेको कतारमा पछिल्लो समय कोरोना संक्रमण तीव्र रुपमा फैलिएको छ ।

कतारको स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार मात्रै ३ हजार ४८७ नयाँ संक्रमित थपिएका छन्। तीमध्ये २ हजार ७९४ समुदायभित्रकै संक्रमित हुन् भने ६ सय ९३ विदेशबाट फर्केका यात्रु हुन्। योसँगै कतारमा संक्रमितको संख्या २ लाख ६६ हजार ९६२ पुगेको छ ।

यस अवधिमा ४११ जना संक्रिमत निको भएका छन्। योसंगै निको हुनेको संख्या पनि २ लाख ४७ हजार ५५३ पुगेको मन्त्रालयले जनाएको छ । हालसम्म कतारमा ६१८ जनाले कोभिड संक्रमणबाट ज्यान गुमाइसकेका छन् ।

यो समाचार तयार पार्दासम्म कतारमा सक्रिय संक्रमितको संख्या १८ हजार ७९१ रहेको छ भने ५३२ जना यहाँको विभिन्न अस्पतालमा उपचार गराईरहेका छन् । तीमध्ये ४८ जनाको आईसीयूमा उपचार भइरहेको जनाएको छ ।

स्वास्थ्य मापदण्ड पालना नगर्ने १ हजार १४० जनालाई कारबाही

संक्रमण तीव्र रूपमा फैलिएपछि कतारको आन्तरिक मन्त्रालयले स्वास्थ्य मापदण्ड पालना नगर्नेहरु बिरुद्धको कारबाहीलाई तीब्रता दिएको छ ।

मन्त्रालयका अनुसार शनिबार मात्र कोभिड–१९ सम्बन्धि सरकारले जारी गरेको स्वास्थ्य मापदण्ड उल्लंघन गर्ने १ हजार १४० जनालाई कारबाही गरिएको जनाएको छ ।

जस अन्तर्गत मास्क नलगाएकोमा ६ सय ४८ जना, सुरक्षित शारीरिक दूरी कायम नगरेको ४६७ र मोबाइलमा एहतेराज एप इन्स्टल नगरेकोमा २५ जनालाई मुद्दा चलाइएको मन्त्रालयले जनाएको छ ।

भाइरस संक्रमण बढेसँगै कतार सरकारले थप प्रतिबन्ध लगाउदै भाइरसबाट बच्न अपनाउनुपर्ने स्वास्थ्य सतर्कताका नयाँ मापदण्ड जारी गरि थप कडाइ गरिरहेको छ ।

भाइरसको फैलावटबाट जोगाउनका लागि सावधानी र रोकथाम सम्बन्धी निर्णयहरूको पालना गर्न मन्त्रालयले आग्रह गरेको छ । अहिलेसम्म सावधानीका उपायहरू उलङ्घन गर्ने हजारौं व्यक्तिलाई कारबाही गरिसकिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले जनताहरुलाई मास्क लगाउन, सामाजिक दूरी कायम गर्न र कोभिड–१९ महामारी बिरूद्ध लड्न सवारी साधनहरुमा मानिसहरुको संख्या सीमित गर्न जस्ता सावधानी अपनाउन चेतावनी दिइरहेको छ ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  १२ : ३० बजे

डिजिटल रूपान्तरणमा स्विट्जरल्यान्डसँग सहकार्य गर्न नेपाल इच्छुक

काठमाडौं– सूचना तथा सञ्चारमन्त्री डा विक्रम तिमिल्सिनासँग स्विट्जरल्यान्डको फेडेरल अफिस

रौतहटमा ३७ जना फरार प्रतिवादी पक्राउ

रौतहट– रौतहट जिल्ला अदालतबाट विभिन्न मुद्दामा दोषी ठहर भई फरार

ऊर्जा संकटबाट मुक्त हुने आशामा बङ्गलादेश, रूपपुरबाट विद्युत्को ठूलो अपेक्षा

पाब्ना – नियमित विद्युत् कटौती र बढ्दो ऊर्जा मागको दबाब झेलिरहेको

मेस्सीको भावुक अन्तर्राष्ट्रिय बिदाइ

एजेन्सी– अर्जेन्टिनाका महान् फुटबल खेलाडी लियोनेल मेस्सीले मंगलबार राष्ट्रिय टोलीबाट

स्कुल बसको ठक्करबाट बालकको मृत्यु

दाङ– तुलसीपुर उपमहानगरपालिका –०७ गैरापातुस्थित स्कुल बसको ठक्करबाट एक बालकको