विश्वमा कोभिड लहर: संक्रमण दर तीव्र, मृत्यु दर न्यून « Khabarhub

विश्वमा कोभिड लहर: संक्रमण दर तीव्र, मृत्यु दर न्यून


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पेरिस– पछिल्लो समयमा विश्वभर कोभिड संक्रमण तीव्र फैलिएको छ । युरोपबाट सुरु भएको कोभिडको पछिल्लो लहर पश्चिमका बिभिन्न देश हुँदै दक्षिण एसियासम्म फैलिएको छ ।

विश्वमा औषतमा एकै दिन २० लाख जनामा कोभिड संक्रमण देखिएको छ । १ जनवरीदेखि ७ जनवरीको अवधिमा पहिचान भएका नयाँ संक्रमितहरुको तथ्यांक विश्लेषण गर्दा औषतमा दैनिक संक्रमितको संख्या २१ लाख ६ हजार ११८ पुगेको छ ।

दक्षिण अफ्रिकामा नोभेम्बरको अन्तिम साता कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन देखिएसँगै विश्वव्यापी रुपमा संक्रमित दर २७० प्रतिशत छ । संक्रमित दर बढे पनि मृत्यु दर भने सन् २०२० को अक्टोबर यताकै सबैभन्दा थोरै देखिएका छन् । अहिले कोभिडबाट औषतमा दैनिक ६ हजार २३७ जना संक्रमितको मृत्यु भएको छ ।

अन्य भेरियन्टको तुलनामा ओमिक्रोन कम घातक भएको विज्ञहरुले बताए पनि यस संक्रमणका कारण विश्वको स्वास्थ्य प्रणाली नै तहस नहस हुने विज्ञहरुले चेतावनी दिँदै आएका छन् ।

संक्रमित बढेपछि विभिन्न देशले लकडाउनलगायतका प्रतिबन्धात्मक व्यवस्था घोषणा गरेका छन् । यस्तो प्रतिबन्ध लगाउनेमा युरोपेली देशहरु अग्रपंक्तिमा छन् । भाइरस नियन्त्रण गर्न भन्दै विभिन्न देशहरुले खोप कार्यक्रमलाई तीव्र पारेका छन् ।

युरोपबाहेक अमेरिका र क्यानडा कोभिडको हटस्पट बनेका छन् । विश्वका कूल संक्रमितमध्ये ४९ प्रतिशत अमेरिका र ३३ प्रतिशत क्यानडाका छन् ।

युरोपमा कोभिड संक्रमण दर अहिलेसम्मकै उच्च देखिएको छ । त्यस्तै, पछिल्लो एक सातामा प्रशान्त महासागर क्षेत्रमा २२४ प्रतिशत, ल्याटिन अमेरिकी देशमा १४८ प्रतिशत, मध्यपूर्वमा ११६ प्रतिशत र एसियामा १४५ प्रतिशतले कोभिड बढेको छ ।

सन् २०२० मा महामारी सुरु भएको अफ्रिकामा पछिल्लो समयमा संक्रमण दर स्थिर छ । दक्षिण एशियाली देशमा भारतमा संक्रमण दर बढ्दो देखिन्छ ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  १२ : ५१ बजे

बझाङी ठट्यौलीदेखि राष्ट्रिय मञ्चसम्म, सन्तोषको कमेडी यात्राले खिच्दै छ ध्यान

कुनै समय गाउँको सानो मेला, स्थानीय पर्व र सांस्कृतिक कार्यक्रम।

यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डको जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा चेकियाविरुद्ध इंग्ल्याण्डले सहज जित निकालेको छ

एनपीएलको तयारी अन्तिम चरणमा, त्रिवि मैदानको स्तरोन्नति तीव्र

काठमाडौँ– नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै गर्दा

नेपाल–रुस परामर्श संयन्त्रको तेस्रो बैठक आज बस्दै

काठमाडौँ– नेपाल र रुसबीचको द्विपक्षीय परामर्श संयन्त्रको तेस्रो बैठक आज

नारायणी नदीको बाढी : एक हजार १५० मिटर तटबन्धमा क्षति

चितवन– नारायणी नदीमा आएको बाढीका कारण चितवनतर्फ नदीकिनारमा बनाइएको एक