ओलीद्वारा आयुर्वेदिक अस्पतालको अवलोकन « Khabarhub

ओलीद्वारा आयुर्वेदिक अस्पतालको अवलोकन


२५ पुस २०७८, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्र झापा क्षेत्र न‍. ५ मा निर्माण भएको प्रदेश स्तरीय आयुर्वेदिक औषधालय (अस्पताल) को अवलोकन गरेका छन् ।

आइतवार क्षेत्र नं. ५ स्थित पर्ने कमल गाउँपालिकाको वडा नं. ७ मा निर्माण भएको औषधालयको अवलोकन निरीक्षण गर्दै चाँडै सञ्चालनमा ल्याउन पहल गर्ने पनि ओलीले बताए ।

स्थानीयवासीले नि:शुल्क उपलव्ध गराएको जमिनमा प्रदेश स्तरीय आयुर्वेदीक औषधालय तथा अस्पताल बनेको हो । यसै गरी जमिन हुनेहरुले उपलब्ध गराएमा आवश्यक पूर्वाधार निर्माणले तीव्रता पाउने समेत उनको भनाइ थियो ।

अस्पतालको अवलोकन निरीक्षण पछि ओलीले भने, ‘सकेसम्म जग्गा दान गर्नुहोस्, नागरिकले दिएको जग्गामा सरकारले संरचना बनाउनेछ र विकासले तिव्रता पाउनेछ तर संरचना बन्यो र विकास भयो भन्दैमा जग्गाको दाम चाँहि नबढाउनु होला ।’

आयुर्वेदिक अस्पतालको संरचना बने पनि सञ्चालनका लागि हस्तान्तरण नहुँदा उपयोगमा आउन सकेको छैन । सो अस्पताल चाँडै सञ्चालन गर्ने व्यवस्था मिलाइदिन गाउँपालिकाले संघीय तथा प्रदेश सरकारलाई आग्रह पनि गरेको छ ।

प्रकाशित मिति : २५ पुस २०७८, आइतबार  ७ : १५ बजे

खेतखेतमा विद्युत् पुग्नुपर्छ : मन्त्री घिसिङ

नवलपरासी– ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधार, यातायात एवं

सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे प्रधानमन्त्रीको चासो

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर

बाल सुधारगृहको निरीक्षणपछि गृहमन्त्रीले भने- समस्या समाधानमा आवश्यक पहल गर्छु

भक्तपुर– गृहमन्त्री ओमप्रकाश अर्यालले भक्तपुरको सानोठिमीस्थित बाल सुधार गृहको आइतबार

आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय फुटबल प्रतियोगिता

सिरहा– सिरहामा आठ वर्षपछि जिल्लास्तरीय अन्तरविद्यालय यु–१४ छात्र तथा छात्रा फुटबल