आज पनि वर्षाको सम्भावना, भोलिदेखि मौसममा सुधार आउँछ– मौसमविद | Khabarhub Khabarhub

आज पनि वर्षाको सम्भावना, भोलिदेखि मौसममा सुधार आउँछ– मौसमविद


२६ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ-  लगातारको वर्षाले आज राजधानी काठमाडौँ उपत्यका वरिपरिका पहाडमा हिमपात भएको छ ।

पश्चिमी वायुको प्रभावले विगत तीन दिनदेखि काठमाडौँ उपत्यकासहित देशभर बदली र वर्षा भएको छ । उक्त वर्षाले काठमाडौँ नजिकका पहाडमा हिमपात गराएको हो । उपत्यकाका पहाड नगरकोट, जर्सिङपौवा, शिवपुरी, तारेभीर, चन्द्रागिरि चम्पादेवी, फुलचोकीलगायत क्षेत्रमा हिउँ परेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार काठमाडौँसहित देशैभर वर्षा भएको छ । केही स्थानमा भारी वर्षा तथा अधिकांश स्थानमा सामान्यदेखि हल्का वर्षा भएको छ ।

काठमाडौँमा २१.५ मिलिमिटर वर्षा भएको छ । सबैभन्दा बढी भैरहवामा ५९, सिमरामा ४७, पोखरामा ३५, दाङमा १६, वीरेन्द्रनगरमा १३, जुम्लामा ११, डडेलधुरामा ६, वीराटनगरमा ५ र धनकुटामा ४ मिलिमिटर वर्षा भएको छ । उपत्यकामा आज बिहान ९ बजेसम्म वर्षा भए पनि अहिले केही स्थानमा आकास खुला भएको छ । कतिपय स्थानमा माम लागे पनि धेरैजसो स्थानमा बदली देखिन्छ । बदली र वर्षाले उपत्यकामा बढी चिसो महशुस गरिएको छ ।

आज काठमाडौँको न्यूनतम ६ र अधिकतम तापक्रम १६.९ डिग्री सेल्सियस रहेको छ । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस १ डिग्रिमा झरेको छ । सबैभन्दा बढी विराटनगरको न्यूनतम तापक्रम १४ डिग्रिसेल्सियस रहेको छ ।

पश्चिमी वायुको प्रभाव क्रमशः कमजोर बन्दै गएकाले भोलि आइतबारदेखि मौसममा सुधार आउने महाशाखाका मौसमविद शान्ति कँडेलले बताइन् । “अहिले पश्चिमका केही क्षेत्र र मध्यका तराई भेगमा मौसममा सुधार हुँदै आएको छ । पूर्वी क्षेत्रमा साँझतिर हल्का वर्षा हुने देखिन्छ, बाँकी भेगमा छिटफुट वर्षा भए पनि आइतबारदेखि मौसममा सुधार आउछ,”–उनले भनिन् ।

यसैबीच महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमान सम्बन्धी बुलेटिन निकालेर बदली र वर्षाका साथै हिमपातको सम्भावना औंल्याएको छ । आज देशको पूर्वी र मध्य भेगमा सामान्य बदली रही पश्चिमी भेगमा आंशिक बदली रहने छ भने मध्य र पूर्वी भेगका केही तथा पश्चिमी भेगका थोरै स्थानमा मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना छ । साथै हिमाली क्षेत्रमा मध्यम हिमपात हुनेछ ।

रातको समयमा पनि पूर्वी भेगमा सामान्य बदली र थोरै स्थान तथा मध्य र पश्चिमका केही स्थानमा हल्का वर्षाको सम्भावना छ । भोलि आइतबार देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ भने बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने तथा पहाडी भेगका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावनाका साथै हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना छ ।

आगामी २८ गते सोमबारदेखि मौसममा क्रमिक सुधार आउनेछ । पहाडी भेगमा सामान्य बदली रहेपनि बाँकी भेगमा मौसम सामान्यतया सफा रहने महाशाखाले उल्लेख गरेको छ ।

प्रकाशित मिति : २६ माघ २०७५, शनिबार  १ : २८ बजे

आईसीसी विश्वकप लिग-२ : नेदरल्यान्ड्सविरुद्ध सुरुवातमै नेपाललाई सफलता  

काठमाडौं– आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक  शृखलाअन्तर्गत नेदरल्यान्डस्विरुद्धको खेलमा नेपालले सुरुवातमै सफलता

देउवा भन्छन्- अहिलेको सरकार सबै खालका विभेद अन्त्य गर्न सक्रिय छ

काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संयुक्त सरकारका माध्यमबाट विभेदका

सत्तापक्ष र प्रतिपक्षबीच कुरा मिलेन, संसद् बिहीबारलाई सर्‍यो

काठमाडौं– बुधबार बस्ने भनिएको प्रतिनिधिसभाको बैठक बिहीबारसम्मको लागि स्थगित भएको

विश्व खेल जगतमा नयाँ विजेताको लहर : पीएसजीदेखि आरसीबीसम्मले चुमे पहिलो पटक उपाधि

काठमाडौं- इन्डियन प्रिमियर लिग (आईपीएल) को अठारौँ संस्करणको मंगलबार राति

‘जातीय भेदभावविरुद्ध संविधानमा उल्लेख विषय कार्यान्वयनको अवस्था सन्तोषजनक छैन’

काठमाडौं– जातीय भेदभाव तथा छुवाछुत उन्मूलन दिवस, नेपालमा विभिन्न कार्यक्रमको