उर्मिलालाई ‘मिसेस ग्रान्ड इन्टरनेशनल नेपाल’को ताज | Khabarhub Khabarhub

उर्मिलालाई ‘मिसेस ग्रान्ड इन्टरनेशनल नेपाल’को ताज


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–विभिन्न वर्ग र समूहका लागि सौन्दर्य तथा प्रतिभामूलक प्रतियोगिता आयोजना गर्दै आएको रिवन इन्टरटेनमेन्टले म्यानमारको माण्डलेमा हुने ‘मिसेस ग्रान्ड इन्टरनेसनल २०२२’मा नेपालको सहभागिता गराउनका लागि उर्मिला उप्रेती सिलवाललाई ‘मिसेस ग्रान्ड इन्टरनेसनल नेपाल २०२१’ चयन गरेको छ ।

राजधानीमा हालै आयोजित कार्यक्रममा नेपाली सेनाका पूर्व प्रधानसेनापति रुक्मागत कटुवाल, सौन्दर्य प्रतियोगिता संघकी उपाध्यक्ष रमी श्रेष्ठ बज्राचार्य, पत्रकार विदुर गिरी, गायक तथा नेपाल आयल निगमका पूर्व निर्देशक सीताराम पोखरेल र पेजेन्ट निर्देशक निशुकान्त झाले क्राउन तथा स्यास पहिराएका थिए ।

कार्यक्रममा उर्मिलाले ‘मिसेस ग्रान्ड इन्टरनेसनल २०२२’ मार्फत नेपाललाई विश्वसामू चिनाउने प्रयास गर्ने बताइन् । रिवन इन्टरटेनमेन्टका अध्यक्ष निशुकान्त झाका अनुसार ‘मिसेस ग्रान्ड इन्टरनेशनल नेपाल २०२१’ उर्मिललाई रिवन इन्टरटेनमेन्टको सहकार्यमा आगामी अप्रिलमा म्यानमारको माण्डेलामा हुने ‘मिसेस ग्रान्ड इन्टरनेशनल २०२२’मा नेपालको प्रतिनिधित्व गराइनेछ ।

भैरहवाकी उर्मिला केही अघि रिवन इन्टरटेनमेन्टको आयोजनामा राजधानीमा सम्पन्न ‘मिसेस नेपाल वल्र्ड’मा अन्तिम चरणसम्म पुगेकी थिइन् ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ११ : १३ बजे

सैन्य उपकरण उत्पादनमा सहकार्य गर्नेबारे भारत र साउदी अरबबीच छलफल

काठमाडौं– रक्षा तथा रणनीतिक साझेदारी बढ्दै गइरहेका बेला भारत र

काठमाडौँ महानगरबाट २०४ जनालाई लक्षित वर्ग निःशुल्क उपचार

काठमाडौँ – काठमाडौँ महानगरपालिकाले कार्यान्वयनमा ल्याएको लक्षित वर्ग निःशुल्क उपचारबाट

मधेशबाट ‘बलियो’ भएर फर्किइन् विद्या, सक्रियता बढाउँदा ओलीमाथि थप दबाब

काठमाडौँ– नेकपा एमालेको विधान महाधिवेशन नजिकिएका बेला पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

लहानमा आमा र छोरा मृत फेला

सिरहा – लहान नगरपालिका–१ मटियर्वामा एकै परिवारका आमा र छोरा

बेलायतमा तापक्रम तीव्र वृद्धि

एजेन्सी – बेलायतको मौसम विभाग (मेट अफिस) ले सोमबार सार्वजनिक