जोकोभिचको भिसा रद्द गर्ने अस्ट्रेलियाली सरकारको निर्णय खारेज « Khabarhub

जोकोभिचको भिसा रद्द गर्ने अस्ट्रेलियाली सरकारको निर्णय खारेज


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अष्ट्रेलिया– टेनिस खेलाडी नोभाक जोकोभिचको अस्ट्रेलियाली सरकारले गरेको भिसा रद्द गर्ने निर्णय मेलबर्न अदालतले खारेज गरेको छ ।

अदालतको यो निर्णयसँगै विश्व नम्बर एक जोकोभिचले वर्षको पहिलो ग्रान्डस्लाम–अस्ट्रेलियन ओपन खेल्ने सम्भावना बलियो भएको छ ।

मेलबर्न अदालतका न्यायाधीश एन्थोनी केलीले सरकारले भिसा रद्द गर्ने निर्णय खारेज गर्दै उनलाई पासपोर्टसहित रिहा गर्न आदेश दिएको हुन् ।

सर्वियन खेलाडी जोकोभिच प्रतियोगिता खेल्न अस्ट्रेलिया पुगे पनि कोभिड–१९ संक्रमणविरुद्ध खोप लगाएको प्रमाण प्रस्तुत गर्न नसकेको भन्दै अस्ट्रेलिया सरकारले भिसा रद्द गर्ने निर्णय गरेको थियो ।

बिहीबारै अस्ट्रेलिया सरकारको निर्णयविरुद्ध जोकोभिचले अदालतमा मुद्दा दर्ता गरेका थिए ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  २ : ३४ बजे

कालोपत्र गरेको एक महिनामै सडक भत्किन थालेपछि…

म्याग्दी – बेनी नगरपालिकाको रत्नेचौर–भकुण्डे सडक कालोपत्र गरेको एक महिनामै

विद्यार्थीहरुको हृदयरोगसम्बन्धी निःशुल्क परीक्षण सुरु

भक्तपुर – भक्तपुर नगरपालिकाको आयोजना तथा चीनको युनानस्थित फुवाई युनान

ट्रायल सेन्टरमा विचौलियाको काम गर्ने १४ जना पक्राउ

काठमाडौं – प्रहरीले यातायात कार्यालय काठमाडौँ, गुर्जुधारा, राधेराधे भक्तपुर तथा

कञ्चनपुरमा शीतलहरले जनजीवन प्रभावित

कञ्चनपुर – कञ्चनपुरसहित पश्चिम तराईमा केही दिनदेखि चलेको बाक्लो हुस्सु

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना