प्रधानमन्त्री देउवाको पीसीआर रिपोर्ट नेगेटिभ « Khabarhub

प्रधानमन्त्री देउवाको पीसीआर रिपोर्ट नेगेटिभ


२६ पुस २०७८, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड कोरोना संक्रमित भएपछि कन्ट्याक्ट ट्रेसिङमा परेका प्रधानमन्त्री शेरबहादुर देउवालाई संक्रमण नभएको पुष्टि भएको छ । देउवाको पीसीआर रिपोर्ट सोमबार आएको छ । रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीको सचिवलायले जनाएको छ ।

गत शनिबार प्रचण्डलाई कोरोना पुष्टि भएपछि प्रधानमन्त्री देउवा आइसोलेशनमा बसेका छन् । पाँच दलीय सत्तारुढ गठबन्धनको बैठकमा सहभागी भएका प्रचण्डलाई कोरोना संक्रमण भएपछि सो बैठकमा सहभागी भएका प्रधानमन्त्री देउवासहितका नेताहरु कन्ट्याक्ट ट्रेसिङमा परेका थिए ।

प्रकाशित मिति : २६ पुस २०७८, सोमबार  ७ : ०० बजे

पूर्व बालसैनिकसम्बन्धी रिटमा सर्वोच्चको परमादेश, लेनिनले भने : एउटा लडाइँ जित्यौँ

काठमाडौं- सर्वोच्च अदालतको पूर्ण इजलासले पूर्व बालसैनिकसम्बन्धी रिट निवेदनमा परमादेश

पोखराको रास्वपा अधिवेशनस्थल घेरे जेन-जीका आफन्तले (तस्बिरहरू)

पोखरा- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को गण्डकी प्रदेश अधिवेशन पोखरा

फिफा विश्‍वकपको एक खेल प्रत्यक्ष हेर्न खर्चिनु पर्छ काठमाडौंमा एउटा घर आउने रकम

काठमाडौं- फिफाले विश्वकप २०२६ केवल फुटबलको महाकुम्भ मात्र नभई इतिहासकै

परराष्ट्रमन्त्री खनाल आइतबार तीन दिने चीन भ्रमणमा जाने

काठमाडौं- परराष्ट्रमन्त्री शिशिर आइतबार तीन दिने औपचारिक भ्रमणका लागि उत्तरी

विभिन्न विपद्का घटनामा परी एकैदिन ५ जनाको मृत्यु, ७ जना घाइते

काठमाडौं– पछिल्लो २४ घण्टामा देशभर ३२ वटा विपद्का घटना दर्ता भएका