एमाले ओखलढुंगा अध्यक्षमा शंकर कट्वाल विजयी « Khabarhub

एमाले ओखलढुंगा अध्यक्षमा शंकर कट्वाल विजयी


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ओखलढुंगा – नेकपा एमालेको ओखलढुंगा जिल्ला अध्यक्षमा शंकर कट्वाल भारी मतान्तरसहित विजयी भएका छन् ।

शनिबार सम्पन्न निर्वाचनमा उनले निकटतम् प्रतिद्वन्द्वी सिताराम गुरुङलाई १२४ मतान्तरले पराजित गरेका छन् । कट्वालले ४०० मत ल्याए । उनलाई नेताहरु बालकृष्ण ढुंगेल, अम्बीर गुरुङ र नानीबाबु बुढाथोकीले समर्थन गरेका थिए ।

पराजित भएका गुरुङले २७६ मत पाए । दुबै नेता ओलीनिकट मानिन्छन् । नेकपा हुँदा उनीहरु संसद विघटनको पक्षमा उभिएका थिए । गुरुङलाई सांसद यज्ञराज सुनुवार, किशोर अधिकारी र मोहन श्रेष्ठले समर्थन गरेका थिए ।

उपाध्यक्षमा भारी मतसहित हर्कबोल राई निर्वाचित भएका छन् । उनले ४१३ मत ल्याए । उनका प्रतिद्वन्द्वी रञ्जित धमलाले ३४६ मत ल्याए ।

सचिवमा कमल न्यौपाने विजयी भए । उनका प्रतिद्वन्द्वि तिर्थराज सुवेदीले २९१ मत ल्याए । उप-सचिवमा मणिराज राई र अशोक थापाले बाजी मारे । राईले ३५४ र थापाले ३३७ मत पाए ।

अन्य सदस्यहरु यसअघि नै निर्वाचित भइसकेका छन् । ७५ जना सदस्यमध्ये सबैभन्दा कम उमेरका २४ वर्षीय युवा निशान श्रेष्ठ लोकप्रिय मत ल्याएर बिजयी भएका छन् । त्यस्तै झनक कार्की, उमेश कार्की, बुद्ध श्रेष्ठ, बलबहादुर परियार, दिनेश श्रेष्ठ लगायत युवाहरु खुल्ला सदस्यमा निर्वाचित भएका छन् ।

अल्पसंख्यक कोटामा ३ युवाहरु निर्वाचित भएका छन् । दावा शेर्पा, हेम सुनुवार र रिञ्जी शेर्पा बिजयी भएका छन् । पहिलो पटक निर्वाचनबाट नेतृत्व चयन गरेको एमालेको ९औं जिल्ला अधिवेशनले बहुसंख्यक युवाहरुलाई पदाधिकारीदेखि सदस्यसम्म निर्वाचित गरेको छ ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ७ : ३० बजे

राहदानी सेवा दुई दिन बन्द हुने

काठमाडौं – राहदानी विभागले राहदानी सेवालाई नयाँ प्रणालीमा रूपान्तरण (माइग्रेसन)

३ महिनामै टिकटकले हटायो नेपालका १९ लाखभन्दा बढी भिडियो

काठमाडौं – छोटो भिडियो साझेदारी प्लेटफर्म टिकटकले सन् २०२६ को

सुडानमा ड्रोन आक्रमणबाट कम्तीमा २० सर्वसाधारणको मृत्यु

कायरो – सुडानमा सर्वसाधारण चढेका सवारीसाधनलाई लक्षित गरी भएका छुट्टाछुट्टै

आजका समाचार : संसद्‌मा नोकझोँक जारी, नयाँ मुख्यसचिव नियुक्त, अर्जेन्टिनाले जितेपछि बढ्यो विवाद र फेरि चर्कियो मध्यपूर्व तनाव

विदेशी सम्बन्धनका कलेजमा थप कडाइ, नयाँ नियमावली मन्त्रिपरिषद्‍बाट स्वीकृत सरकारले

रास्वपा विधान : बालेनलाई खतराको ‘घन्टी’ ?

काठमाडौं- चार पटक संशोधन भएको राष्ट्रिय स्वतन्त्र पार्टीको विधानलाई लिएर