पीएम कप : एपीएफको लगातार दोस्रो जित | Khabarhub Khabarhub

पीएम कप : एपीएफको लगातार दोस्रो जित


२७ पुस २०७८, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अविनाश बोहरा र लोकेश बमको उत्कृष्ट प्रदर्शनप्रेरित एपीएफ क्लबले प्रधानमन्त्री (पीएम) कप टी–२० पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ ।

मंगलबार टियु क्रिकेट मैदानमा एपीएफले बागमती प्रदेशलाई सात विकेटले पराजित गर्‍यो । बागमतीले दिएको १२६ रनको लक्ष्य एपीएफले १८ ओभर ४ बलमा तीन विकेट गुमाएर भेट्टायो ।

एपीएफको जितमा लोकेशले सर्वाधिक ५० रनको अर्धशतकीय इनिङ खेले । लोकेशले २४ बलमा १० चौका र एक छक्का प्रहार गरे । ओपनर प्रदीप ऐरी ३६ र सन्दीप जोरा १५ रनमा अविजित रहँदा आसिफ शेखले १२ रनको योगदान दिए ।

बागमतीका रामनरेश गिरी, रिजन ढकाल र प्रतिशत जिसीले एक/एक विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको बागमतीले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १२५ रनको योगफल तयार गरेको थियो । बागमतीका ओपनर ईशान पाण्डेले २९ रन बनाए । यस्तै सुभाषले २१ रन जोडे  भने नन्दन यादवले २४ र आदिल खानले १८ रनको योगदान गरे ।

एपीएफका अविनाश बोहराले सर्वाधिक चार विकेट लिए । अविनाशले चार ओभरमा ३२ रन खर्चिए । कमलसिंह ऐरीले दुई विकेट लिँदा किशोर महतो र शरद भेषवाकरको नाममा समान एक विकेट रह्यो ।

सोमबारदेखि सुरु भएको प्रतियोगितामा दुवै टोलीको यो दोस्रो खेल हो । पहिलो खेलमा बागमतीले लुम्बिनी प्रदेशलाई ४९ र एपीएफले प्रदेश २ लाई २४ रनले पराजित गरेको थियो ।

जितसँगै दुई खेलबाट चार अंक जोडेको एपीएफ समूह ‘बी’ को शीर्ष स्थानमा उक्लिएको छ । दुई खेलबाट दुई अंक जोडेको बागमती तालिकाको दोस्रो स्थानमा छ ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ७ : ०० बजे

आईपीएल : १८० रनको लक्ष्य पछ्याउँदै चेन्नई

काठमाडौं – इण्डियन प्रिमियर लिग (आईपीएल) मा कोलकोता नाइट राइडर्सले

रोहित शर्माद्वारा टेस्ट क्रिकेटबाट सन्न्यास लिएको घोषणा

काठमाडौं – भारतीय क्रिकेट टिमका कप्तान रोहित शर्माले टेस्ट क्रिकेटबाट

आभा शाह वर्षकै उत्कृष्ट महिला उद्यमी घोषित

कीर्तिपुर – सिल्बर माउन्टेन स्कुल अफ होटेल म्यानेजमेन्टकी सञ्चालक आभा

प्रहरीद्वारा हुन्डीको रकमसहित दुई जना पक्राउ

काठमाडौं – प्रहरीले रु ४० लाख ३२ हजार ५०० हुन्डीको

अवैध ४५० रोपनी जग्गा प्लटिङ, वन क्षेत्र र सार्वजनिक जग्गा रोक्का

भक्तपुर – सूर्यविनायक नगरपालिका–९ काँक्राबारी रातोमाटेको कहाली लाग्दो अग्लो घिसिङ