स्वास्थ्य मन्त्रालयका उच्च अधिकृतको व्यापक सरुवा | Khabarhub Khabarhub

स्वास्थ्य मन्त्रालयका उच्च अधिकृतको व्यापक सरुवा



काठमाडौँ– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालय र मातहतका उच्च अधिकारीहरुको जिम्मेवारी हेरफेर गरेको छ । मंगलबार मन्त्री विरोध खतिवडाले मन्त्रीस्तरीय निर्णय गर्दै मन्त्रालयका उच्च अधिकारीहरु जिम्मेवारी हेरफेर गरेका हुन् ।

मन्त्री खतिवडाले मन्त्रालयका प्रमुख विशेषज्ञ डा. गुणराज लोहनीलाई वीर अस्पताल सरुवा गरेका छन् । नयाँ संगठन संरचनाअनुसार वीर अस्पतालको नेतृत्व १२ औं तहका प्रमुख विशेषज्ञले गर्ने व्यवस्था छ । यसैगरी, औषधिको आफूखुसी मुल्यवृद्धि गरेपछि विवादमा तानिएका औषधि व्यवस्था विभागका महानिर्देशक नारायण ढकाललाई औषधि प्रयोगशाला पठाइएको छ ।

औषधिको व्यवस्था विभागको महानिर्देशकमा भरत भट्टराईलाई ल्याइएको छ । राष्ट्रिय एचआईभी एड्स नियन्त्रण केन्द्रकी निर्देशक सुधा देवकोटालाई केन्द्रीय कारागार अस्पताल पठाइएको छ भने उनको ठाउँमा डा सन्जय ठाकुरलाई ल्याइएको छ । कारागार अस्पतालका डा श्रीराम तिवारीलाई राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र लगिएको छ, भने त्यहाँका निर्देशक डा प्रकाश शाहलाई कर्णाली प्रदेश पठाइएको छ ।

लुम्बिनी प्रदेशका स्वास्थ्य सचिव डा विकास देवकोटालाई मन्त्रालय तान्नका लागि सामान्य प्रशासन मन्त्रालयलाई सिफारिस गरिएको छ भने उनको ठाउँमा डा राजेन्द्र खनाललाई सिफारिस गरिएको छ । वीर अस्पतालका डा सरोज शर्मालाई कान्ति बाल अस्पताल पठाउने निर्णय गरिएको स्वास्थ्य मन्त्रालय स्रोतले जनाएको छ ।

प्रकाशित मिति : २७ पुस २०७८, मंगलबार  ८ : ०० बजे

कानुनको अभावमा विद्युतीय फोहर व्यवस्थापनमा समस्या

काठमाडौं– विद्युत् र इन्धन प्रयोग गरी सञ्चालन गरिने उपकरणबाट निस्कने

प्रचण्डले कांग्रेस र एमालेमा देखेको सङ्कट – माओवादी केन्द्रका लागि अवसर

काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले र

शिक्षा प्रणालीमा नवीनतम सुधार आवश्यक : मुख्यमन्त्री कँडेल

कर्णाली– कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले वर्तमान शिक्षा प्रणालीमा

स्रोत नखुलेको १० लाख नगदसहित भारतीय नागरिक पक्राउ

सिरहा– लहान–३ अस्पताल चोकदेखि शनिबार सशस्त्र प्रहरीले स्रोत नखुलेको १० लाख

साढे दुई लाखभन्दा बढी पर्यटकले गरे टीकापुर पार्क अवलोकन

भजनी– गत आर्थिक वर्षमा कैलालीको टीकापुर पार्कमा साढे दुई लाखभन्दा बढी