महोत्तरीका पालिकाहरूले सुरू गरे खोपसहितको सेवा प्रवाह | Khabarhub Khabarhub

महोत्तरीका पालिकाहरूले सुरू गरे खोपसहितको सेवा प्रवाह


२९ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरीका स्थानीय तहले कोरोना खोपलाई तीव्रता दिन खोप सहितको सेवा प्रवाह गर्न थालेका छन् । नगर कार्यापालिकाको कार्यालयमा आउने सेवाग्राहीलाई झण्डै १० वटा पालिकाले खोपसहितको सेवा बुधबारदेखि नै सुचारु गरेका हुन् ।

जिल्लाको बर्दिबास नगरपालिकाले सुरु गरिसकेको र गौशाला, औरही, रामगोपालपुर, सम्सी, मनरासिस्वा, मट्टिहानी, जलेश्वर, बल्वा, महोत्तरी लगायतका पालिकाहरूमा कोरोना माहामारीको जोखिमलाई मध्यनजर गर्दै खोपसहितको सेवा प्रारम्भ हुन थालेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीले जनाएको छ ।

बर्दिबास नगरपालिकामा खोप नलगाएका र पूर्ण खोप लगाउन बाँकी रहेका सेवाग्राहीहरुलाई बुधबारदेखि गेटमा नै खोप लगाउन सुरू गरिएको नगरपालिकाका नगरप्रमुख बिदुर कार्कीले जानकारी दिए । अहिले महोत्तरीमा कोभिसिल्ड, भेरोसेल र जोनसन एण्ड जोनसन खोप पर्याप्त रहेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीका प्रमुख भोला यादवको भनाइ छ ।

जिल्लाका झण्डै ९० प्रतिशत १२ देखि १७ वर्ष उमेर समूहका विद्यार्थीहरूलाई खोप लगाइसकिएको छ ।

पुस मसान्तसम्म जिल्लामा ६६ देखि ७० प्रतिशत खोप लगाइसक्ने जिल्ला स्वास्थ्य कार्यालयको लक्ष्य छ । तर अहिलेसम्म ३५ प्रतिशतले पूर्ण खोपको मात्रा र ६५ प्रतिशतले दोश्रो खोप लगाउन बाँकी रहेको जिल्ला स्वास्थ्य कार्यालय महोत्तरीको तथ्यांक छ ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहीबार  १२ : ४० बजे

कोजाग्रत पूर्णिमामा सार्वजनिक बिदा

कास्की – बडा दशैंको अन्तिम दिन आगामी कात्तिक १ गते

गाईसँग ठोक्किँदा मोटरसाइकलमा सवार एकको मृत्यु

सुर्खेत । सुर्खेतमा मोटरसाइकल दुर्घटनामा परी आज एक जनाको मृत्यु

मकवानपुरमा यात्रुबाहक बस र ट्रक आपसमा ठोक्किँदा ३० यात्रु घाइते

बागमती – पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरि गाउँपालिका–६ चौकीटोलस्थित सडकमा आज

दुई दिने साहित्य तःमुञ्या सुरु

भक्तपुर । जनता म्वाःसा भाषा म्वाई अर्थात जनता रहे भाषा

भारत र क्यानडाबीच तनाव बढ्दै

काठमाडौं – भारतले क्यानडासँगको सम्बन्धमा तनावका बीच आफ्ना राजदुत सञ्जय