काभ्रेको आठ तहमा कोरोना सङ्क्रमण « Khabarhub

काभ्रेको आठ तहमा कोरोना सङ्क्रमण


२९ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये आठमा कोरोना सङ्क्रमण देखिएको छ । जिल्लाका ६ नगरपाालिका र दुई गाउँपालिकामा हाल १३२ कोरोना सङ्क्रमित छन् ।

जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसीएमसी)का अनुसार पछिल्लो २४ घण्टामा ३४ सङ्क्रमित थपिएका हुन् । पीसिआर परीक्षणमा २४ र एन्टिजेन परीक्षणमा १० जनामा सङ्क्रमण फेला परेको हो ।

बनेपा नगरमा ५१, पाँचखालमा ६, धुलिखेलमा ४२, पनौतीमा १४, नमोबुद्ध नगरमा ११, मण्डनदेउपुर नगरमा ३ तथा भुम्लु गाउँपालिकामा तीन र बेथानचोक गाउँपालिकामा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

जिल्लामा हालसम्म १४ हजार ९८७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । हालसम्म कोरोनाबाट १९३ जनाको मृत्यु भएको छ । कूल सङ्क्रमितमध्ये ९७ दशमलब ८३ प्रतिशत अर्थात् १४ हजार ६६२ जना सङ्क्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहीबार  १० : ०० बजे

झिनो अंकले बढ्यो नेप्से, १३४ कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– आइतबार र सोमबार ओरालो लागेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मंगलबार

प्रभावकारी बन्दै दिगो वन व्यवस्थापन कार्यक्रम

चन्द्रपुर– रौतहटका सामुदायिक वनमा दिगो वन व्यवस्थापन कार्यक्रम प्रभावकारी बन्दै

जापानका पूर्वसम्राट अकिहितोको स्वास्थ्य स्थिर

एजेन्सी – जापानका पूर्वसम्राट अकिहितोको हृदयसम्बन्धी अवस्था स्थिर रहेको दरबारका

बालेनसँगको भेटबारे रवि : सबै वैकल्पिक शक्तिहरूलाई एक ठाउँमा ल्याउँछौँ

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले काठमाडौं