काभ्रेको आठ तहमा कोरोना सङ्क्रमण « Khabarhub

काभ्रेको आठ तहमा कोरोना सङ्क्रमण


२९ पुस २०७८, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काभ्रे– काभ्रेपलाञ्चोकको १३ स्थानीय तहमध्ये आठमा कोरोना सङ्क्रमण देखिएको छ । जिल्लाका ६ नगरपाालिका र दुई गाउँपालिकामा हाल १३२ कोरोना सङ्क्रमित छन् ।

जिल्लास्थित कोभिड–१९ सङ्क्रमण नियन्त्रण, रोकथाम र उपचारसम्बन्धी केन्द्र (डिसिसीएमसी)का अनुसार पछिल्लो २४ घण्टामा ३४ सङ्क्रमित थपिएका हुन् । पीसिआर परीक्षणमा २४ र एन्टिजेन परीक्षणमा १० जनामा सङ्क्रमण फेला परेको हो ।

बनेपा नगरमा ५१, पाँचखालमा ६, धुलिखेलमा ४२, पनौतीमा १४, नमोबुद्ध नगरमा ११, मण्डनदेउपुर नगरमा ३ तथा भुम्लु गाउँपालिकामा तीन र बेथानचोक गाउँपालिकामा दुई जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

जिल्लामा हालसम्म १४ हजार ९८७ जनामा कोरोना सङ्क्रमण देखिएको छ । हालसम्म कोरोनाबाट १९३ जनाको मृत्यु भएको छ । कूल सङ्क्रमितमध्ये ९७ दशमलब ८३ प्रतिशत अर्थात् १४ हजार ६६२ जना सङ्क्रमणमुक्त भएका छन् ।

प्रकाशित मिति : २९ पुस २०७८, बिहीबार  १० : ०० बजे

प्रतिवेदनमा सहमति जुटाउन एमाले कार्यदल काभ्रेमा

काठमाडौं– पार्टी शुद्धीकरण, सुदृढीकरण, रूपान्तरण र पुनः गठनका लागि गठित

बालेनको सम्बोधनकै दिन राष्ट्रसंघअगाडि जलवायु न्यायका लागि प्रदर्शन हुने

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन गर्ने

सुधनलाई रवि किरणको जवाफ : भदौ २७ जेन-जीले हारेको दिन, देश जलाउनेहरूले सत्ता कब्जा गरेको दिन

काठमाडौं- नेपालमा भएको जेन-जी आन्दोलनसँग जोडिएका दुई प्रमुख अगुवा सुधन

माछापालन व्यवसायबाट वार्षिक १५ लाख बचत

धनगढी– कैलालीको कैलारी गाउँपालिका-४ का किसान हेमन्त खरेलले ११ वर्षदेखि